काठमाडौँ, ८ भदौ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बयानका लागि बोलाउने भएको छ । समितिको बुधबारको बैठकले प्रधानन्यायाधीश जबरालाई बोलाउनेलगायत विभिन्न संस्थाहरूमा पत्राचार गर्ने निर्णय गरेको हो ।
समिति सभापतिको रूपमा काम गरिरहेका समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले समितिले महाभियोगका विषयमा आफ्ना धारणा राख्नका लागि जबरालाई बोलाउने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार समितिले भदौ १५ गते बिहान ११ बजे महाभियोगका विषयमा आफ्ना कुरा राख्नका लागि बोलाउने निर्णय गरेको छ ।यससँगै समितिले आफ्नो आन्तरिक कार्यविधि र कार्यतालिका पारित गरेको छ ।आन्तरिक कार्यविधि र समितिको कार्यतालिका पारित गरिएको छ ।
दुवै परिमार्जनसहित पारित भएको हो । चोलेन्द्र शमशेर जबरालाई सोधपुछ बयानका लागि भदौ १५ गते ११ गते बोलाउने निर्णय गरियो ,समिति सभापति विष्टले भने । समितिले भदौ १८ वा १९ गते प्रतिनिधिसभामा महाभियोग समितिको प्रतिवेदन पेस गर्ने गरी कार्यतालिका बनाएको पनि विस्टले बताए ।








प्रतिक्रिया दिनुहोस्