काठमाडौँ, ५ भदौ । भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका नेता सीताराम यचुरीले दिवंगत नेपाली काँग्रेसका नेता एवं सांसद प्रदीप गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।नेपाल मामिलाका जानकारसमेत रहेका यचुरीले आइतबार एक सन्देश जारी गर्दै गिरिको निधनमा गहिरो दुःख व्यक्त गरेका हुन् ।
उनले गिरिलाई नेपालमा राजतन्त्र फाल्ने आन्दोलनका लडाकु, लोकतन्त्रका अथक योद्धा र भारतका घनिष्ट मित्र भएको स्मरण गरे । यचुरीले गिरि आफ्नो ‘कमरेड इन् आर्म्स’ (घनिष्ट मित्र) रहेको बताए ।यचुरी भारतको राज्यसभाका पूर्वसांसदसमेत हुन्।








प्रतिक्रिया दिनुहोस्