काठमाडौं, ४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्यलाभको कामना गरेका छन्।शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर प्रचण्डले गिरिको स्वास्थ्यावस्थाबारे जानकारी लिएको उनको सचिवालयले जानकारी दिएको हो।
भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि साउनको दोस्रो साता मेडिसिटीमा भर्ना भएका थिए।
गिरिको अवस्था गम्भीर बनेको उनका स्वकीय सचिव कृष्ण खनालले जानकारी दिए।








प्रतिक्रिया दिनुहोस्