ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा


एबीसी / संवाददाता
भाद्र १, २०७९ बुधबार  १० : २१ बजे

काठमाडौं, १ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगबारे छलफल गर्न महाअभियोग सिफारिस समितिको बैठक आज बस्दै छ ।बैठक आज बिहान साढे ११ बजे सिंहदरवारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्नेछ ।
१ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । त्यतिबेलादेखि उनी निलम्बनमा परेका छन् ।

जबराविरुद्ध महाअभियोग दर्ता भएपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनेको थियो । २९ फागुनमा प्रतिनिधि सभामा पेस भएको महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।

समितिका जेष्ठ सदस्य रामबहादुर विष्टका अनुसार बुधबार बस्ने बैठकको एजेण्डा समितिको आन्तरिक कार्यविधि निर्माण र पारित गर्ने छ । साथै समितिको संयोजक चयन गर्ने विषयमा पनि छलफल हुनेछ । बुधबारबाटै निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगका सम्बन्धमा प्रारम्भिक अध्ययन सुरु हुनेछ ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा सांसदहरु एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

सम्बन्धित

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

गृहमन्त्रीमाथि प्रश्न- पहिले शेयर किन लुकाए ?, अहिले ऋण छ भनेर किन ढाँटे ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com