ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धन रहर होइन, कर र डरले हो : रामचन्द्र पौडेल


एबीसी / संवाददाता
श्रावण २९, २०७९ आईतबार  १० : ४० बजे

काठमाडौं, २९ साउन ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा सत्तारुढ दलको गठबन्धन डर र कर दुवै भएको बताएका छन्। प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गर्ने तर्क गरे।

‘कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्’, उनले भने, ‘यसैले गठबन्धन कर पनि हो डर पनि हो।’ एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने भन्दै उनले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने धारणा राखे।

उनले को कहाँबाट उम्मेदवार बन्ने भन्ने विषयमा अहिले निर्णय नभएको बताए। दलहरूको धरातलीय पाटो हेरेर कुन क्षेत्रमा कसको सम्भावना छ त्यहीअनुसार अघि बढ्ने उनको भनाइ छ
‘तलको जनमत हेरेर निर्णय लिन्छौँ’, उनले भने, ‘कुन उम्मेदवारलाई अघि सार्दा कस्तो होला, जनमत कसको बढी छ त्यसलाई आधार मान्नुपर्छ।’ कांग्रेसले कांग्रेस जिताउने अभियान चलाउन कार्यकर्ताहरूलाई अनुरोध गरे।

आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री तपाईँ हो भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले यो निर्णय लिने जिम्मा पार्टीको भएको बताए। अहिले नै घोषणा गर्ने समय नभएको उनको भनाइ छ।

फरक प्रसंगमा उहाँले नागरिकता विधेयक संसद्ले पास गरेकाले राष्ट्रपतिबाट रोक्न नहुने तर्क गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

सम्बन्धित

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

गृहमन्त्रीमाथि प्रश्न- पहिले शेयर किन लुकाए ?, अहिले ऋण छ भनेर किन ढाँटे ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com