ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धमोर्चा भन्दा जटिल मोर्चामा विजयी बन्न प्रदेश सांसदहरुलाई प्रचण्डको निर्देशन


admin

काठमाडौं, ५ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धको बलमा अहिलेको संविधान समावेशी बन्न सफल भएको बताउनुभएको छ ।

प्रदेश सभाका नवनिर्वाचत सांसदहरुलाई आज पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी जनयुद्धकै कारण संविधान समावेश बन्न सफल भएको बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हिजो राज्यको नजरमा नपरेका वर्ग समुदायबाट ठूलो संख्यामा सरकारमा, संसदमा र प्रदेशमा उपस्थित हुने वातावरण बनेको छ । यो मेरा लागि खुशी र गर्वको क्षण हो ।’

ठूलो त्याग तपस्या र वलिदान पछि समावेशी लोकतन्त्रको अभ्यास गर्न पाएकोमा आफुलाई गर्व लागेको भन्दै प्रचण्डले यसबाट जनयुद्धको औचित्यको थप पुष्टि भएको दाबी गर्नुभयो ।

उहाँले संसदमा महिलाको ठूलो उपस्थितिप्रति इंगित गर्दै जनयुद्धको बेलामा डिभिजन र बटालियनलाई सम्बोधन गरेजस्तै अनुभव भएको पनि स्मरण गर्नुभयो ।

प्रचण्डले भन्नुभयो, ‘हिजो डिभिजन र बटालियनलाई सम्बोधन गरेजस्तो लागेको छ । महिलाको नयाँ बटालियन तयार भएको छ । यो बटालियन मोर्चामा जाँदैछ’, उहाँले थप्नुभयो, ‘हिजोको मोर्चा भन्दा धेरै जटिल र पेचिलो मोर्चा हो यो । तर त्यो मोर्चा हामीले जित्न सकिन्छ र जित्नैपर्छ ।’

अध्यक्ष प्रचण्डले अहिले कांग्रेस र एमालेबाट निर्वाचित सांसदहरुलाई पनि माओवादी जस्तै देखेको भन्दै माओवादीले युद्ध नगरेको भए त्यो अवसर प्राप्त हुन नसक्ने पनि टिप्पणी गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com