ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेलोसीले ताइवान छाडेसँगै बढ्यो सैन्य टक्करको जोखिम


एबीसी / संवाददाता
श्रावण १८, २०७९ बुधबार  ४ : ५३ बजे

काठमाडौ, १८ साउन । यतिबेला विश्वको ध्यान अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणमा केन्द्रित छ। तर, सैन्य टक्करको वास्तविक सम्भावना भने उनले ताइवान छाडेपछि सुरु हुनसक्ने देखिन्छ।

पेलोसीको भ्रमणविरुद्ध मुखले रिस पोखेर मात्र बेइजिङ सन्तुष्ट नहुने स्पष्ट भइसकेको छ। पेलोसी फर्केको एक दिनपछि बिहीबारबाट ताइवानलाई घेरेर सैन्य अभ्यास सुरु गर्ने चिनियाँ सेनाले घोषणा गरेको छ। यो सैन्य अभ्यास विशाल संकटमा बदलिन सक्ने सम्भावना पनि छ।

चीनले यस्तै अभ्यास १९९६ मा पनि गरेको थियो। तर, त्यतिबेला सैन्य अभ्यास गरिएका क्षेत्र ताइवानको समुद्री सीमाभन्दा बाहिर थिए। चिनियाँ सरकारी सञ्चारमाध्यमले यसपटक सैन्य अभ्यास हुने स्थान सार्वजनिक गरेका छन्। ती ६ स्थानमध्ये तीन स्थान ताइवानको समुद्री सीमाभित्रै पर्छन्। घोषणाअनुसार नै सो सैन्य अभ्यास अघि बढे त्यो ताइवानको भूमिमाथिको आक्रमणसरह हुनेछ। ताइवानले सो क्षेत्रको रक्षा गर्न आवश्यक ठाने त्यसले संकट झन् बढाउनेछ।

चिनियाँ सेनाले सैन्य अभ्यास गर्ने भनेको कतिपय क्षेत्र ताइवानको तटीय क्षेत्रबाट १० माइलभित्रै पर्छन्। चिनियाँ सेनाले क्षेप्यास्त्र र तोप प्रहार गरेर सैन्य अभ्यास गर्ने दुई वटा क्षेत्र ताइवानले आफ्नो समुद्री सीमा मान्ने गरेको क्षेत्रभित्रै पर्छन्।

चिनियाँ सेनाले सो क्षेत्रमा कुनै पनि डुंगा र विमान तीन दिनसम्म प्रवेश नगर्न चेतावनी दिएको छ। ताइवान र अमेरिकी सेनाले सो आदेश मान्छन् वा चीनको परीक्षण गर्न डुंगा वा विमान पठाउँछन्, देखिन बाँकी छ।

यसअघि १९९५ र १९९६ मा यस्तै संकट आइपरेको थियो। जसलाई तेस्रो ताइवान जलसन्धि संकट भन्ने गरिन्छ। त्यसबेला ताइवानी राष्ट्रपति ली तेङ हुइले अमेरिका भ्रमण गरेपछि आक्रोश व्यक्त गर्दै चीनले ताइवानवरिपरिको समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको थियो।

चीनलाई चुनौती दिन तत्कालीन क्लिन्टन प्रशासनले दुई वटा विमानवाहक जहाज सो क्षेत्रमा पठाएको थियो। चीनको नयाँ अभ्यास ताइवानबाट त्यसबेलाको भन्दा अझ नजिक हुनेछ। जसले ताइवान र अमेरिकासामु अप्ठेरो प्रश्न तेर्स्याउनेछ। यदि चीनले कुनै कारबाही गरे उनीहरुले अघिल्लोपालिजस्तै शक्ति प्रदर्शन गर्ने कि नगर्ने भन्ने निर्णय लिनुपर्ने हुन्छ।

तर, अघिल्लोपालिको तुलनामा धेरै कुरा बदलिइसकेको छ। सी चिनफिङको नेतृत्वमा चिनियाँ सेना अझ शक्तिशाली बनेको छ। उसो त नजिकै फिलिपिन्स सागरमा बसेर अमेरिकाको रोनाल्ड रेगन विमानवाहक युद्धपोतले ताइवान जलसन्धितर्फ नियालिरहेको छ। चीनका आफ्नै दुई वटा विमानवाहक जहाज पनि ताइवान जलसन्धितर्फ नै अघि बढिरहेको बताइएको छ।

यही बर्खामा चिनियाँ अधिकारीहरुले ताइवान जलसन्धिको कुनै पनि हिस्सालाई अन्तर्राष्ट्रिय जलक्षेत्र मान्न नसकिने बताएका थिए। यसको अर्थ चीनले सो क्षेत्रमा प्रवेश गर्न खोज्दा अमेरिकी युद्धपोतहरुको बाटो छेक्न सक्छन्।

ताइवानको विषयमा आफ्नो गम्भीरता देखाउन चीनले समय खेर फालेन। बुधबार चिनियाँ टेलिभिजनहरुले ताइवानको उत्तर, दक्षिणपश्चिम र दक्षिणपूर्वमा जमिनी आक्रमण, हवाई युद्ध र समुद्री आक्रमणको अभ्यासका लागि चिनियाँ सेना तम्तयार रहेको फुटेजहरु देखायो।

बुधबार नै ताइवानको सेनाले आफ्नो सीमा रक्षा गर्न आह्वान गरेको छ। तर, परिस्थिति थप नाजुक बनाउन नचाहेको संकेत ताइवानले दिएको छ। चिनियाँ सेनाको अभ्यासलाई नाकाबन्दी भन्दै त्यसले ताइवानको सीमा उल्लंघन गर्ने र क्षेत्रीय सुरक्षालाई खतरामा पार्ने ताइवानी सेनाले जनाएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

रोल्पामा निर्वाचन प्रहरीमाथि कुटपिट, डीएसपी भन्छन्– अनुशासनमा राख्न खोजिएको मात्र

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com