ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यान्सी पेलोसी ताइवान पुगेपछि चीनद्वारा सैन्य अभ्यासको घोषणा, लडाकु विमान तैनाथ


एबीसी / संवाददाता
श्रावण १८, २०७९ बुधबार  ९ : २० बजे

काठमाडौं, १८ साउन ।  अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि चीन सैन्य अभ्यासको घोषणा गरेको छ । यसअघि हिजो पनि चीनले ताइवान र मुख्य चिनियाँ भू–भागको अनौपचारिक विभाजन रेखामाथि युद्ध विमानहरू उडाएको थियो । उसले थप लडाकु विमान तैनाथ राखेको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन–ताइवान तथा चीन–अमेरिकाबीच तनाव बढेको छ । चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेको अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ । चिनियाँ उप–विदेशमन्त्री से फेङले पेलोसी भ्रमणको नियत खराब रहेको र यसमा चीन चुप नबस्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

हिजो अबेर ताइवान पुगेकी पेलोसी आज त्यहाँको संसद्मा पुग्नुभएको छ । पेलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुनुहुन्छ । उहाँ बेइजिङको आलोचक समेत मानिनुहुन्छ । चीनले यो भ्रमणविरुद्ध यसअघि पनि चेतावनी दिएको थियो । चीनले चेतावनी दिए पनि ताइवान र आफ्नो सम्बन्धमा कुनै बदलाव नआउने अमेरिकाले चीनलाई जवाफ दिएको छ । चीनको परराष्ट्र मन्त्रालयले पेलोसीको भ्रमणप्रति आपत्ति जनाउँदै यो भ्रमणले एक चीन नीतिको गम्भीर रुपमा उल्लंघन भएको जनाएको छ ।

ताइवान एउटा स्वशासित टापु हो तर चीनले आफ्नो क्षेत्र मान्दै आएको छ । चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गरेको छ । सन् १९४० को दशकमा चीन र ताइवान अलग भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

रोल्पामा निर्वाचन प्रहरीमाथि कुटपिट, डीएसपी भन्छन्– अनुशासनमा राख्न खोजिएको मात्र

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com