ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश मुकाममा जनताका काम के के हुन्छन त ? विवरण सहित

एबीसी न्यूज
माघ ५, २०७४ शुक्रबार  ११ : ४७ बजे

काठमाडौं, ५ माघ । बुधबार मात्र सरकारले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी मुकाम तोकिएपछि विभिन्न जिल्लाहरुमा विवाद बढिरहेका बेला जनता र प्रदेशबीच दैनिक रुपमा महत्त्वपूर्ण काम नपर्ने विज्ञहरुले बताएका छन् । प्रदेशको राजधानी अपायक भयो भनेर चिन्ता नलिन उनीहरुले सुझाव समेत दिएका छन् ।
स्थानीय तहको अधिकार हेर्दा थाहा हुन्छ, प्रदेशको राजधानी नजिक या टाढा हुँदा नागरिकलाई कुनै फरक पर्दैन । नागरिकका लागि आवश्यक सबै सरकारी काम स्थानीय तहबाटै हुन्छ ।

जन्म, मृत्यु, विवाह, बसाइँसराई, नाता प्रमाणितलगायतका सिफारिस र सेवा वडा कार्यालयबाट लिन सकिन्छ । जग्गाको नामसारी, किनबेच, कित्ताकाट, उजुरीलगायतका सेवा र लाजपुर्जा वितरण स्थानीय तहबाटै हुन्छ ।

सम्पत्ति कर, घरबहाल कर, घरजग्गा रजिष्ट्रेशन शुल्क, गाडीको कर, पर्यटन शुल्क, दण्ड जरिवाना, मालपोत कर पनि वडामै तिर्दा हुन्छ । गाउँपालिकाको केन्द्रसम्म पुग्न पर्दैन । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्तको सामाजिक सुरक्षा भत्ता पनि स्थानीय तहबाटै वितरण हुन्छ । माध्यमिक तहसम्मको परीक्षा स्थानीय तहले नै लिन्छ भने पाठ्यक्रम पनि स्थानीय तहबाटै बन्छ ।

कतिपय स्थानीय तहबाट यी काम सुरु भैसकेका छन् । ढिलो चाँडो अरु स्थानीय तहबाट पनि यो काम हुन्छ । ‘कर तिर्नेदेखि नागरिकताको सिफारिस बनाउनेसम्मका कुनै पनि कामको लागि राजधानी पुग्नुपर्दैन, सबै सेवा र सुविधा स्थानीय तहबाटै हुन्छ’ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङलेभने ‘प्रदेशको राजधानी नजिक या टाढा हुनुले सामान्य नागरिकलाई फरक पार्दैन ।’

प्रदेश मन्त्री र सांसद मात्र राजधानी ओहोरदोहोर गर्ने हुन् । स्थानीय तह र केन्द्रबीच समन्वय गर्ने मुख्य सरकारी कार्यालय प्रदेश राजधानीमा हुन्छन् । प्रदेशको राजधानी हुनु प्रतिष्ठाको विषय मात्र हो ।

राजधानी भएपछि मन्त्रालय, प्रदेश संसद भवन, प्रदेशका मन्त्रीको निवास, सभामुखको निवास लगायत अरु सरकारी कार्यालय हुन्छन् । घरजग्गाको भाउ पनि   बढ्छ । राजधानीले आर्थिक र सामाजिक क्षेत्रमा मात्रै फरक पार्ने हो, स्थानीय बासिन्दाले पाउने सेवा सुविधामा कुनै असर पार्दैन ।
प्रदेशको स्थायी राजधानी अर्कै पनि हुन सक्छ

सरकारले बुधबार प्रदेशका अस्थायी राजधानी टुंगो लगाएलगत्तै ठाउँठाउँमा समर्थन र बिरोधको भैरहेको छ । आफ्नो ठाउँमा राजधानी भयो भनेर विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, रुपन्देही, सुर्खेत र धनगढीका बासिन्दा दंग छन् । अनि आफ्नो ठाउँमा राजधानी हुनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएकाहरु चाहिँ अर्कै ठाउँको निर्णय भएपछि थप आक्रोशित भएका छन् ।

तर अहिले तोकिएको राजधानी अस्थायी मात्र हो । संविधानमा स्पष्ट लेखिएको छ –प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतबाट निर्णय भए बमोजिम हुनेछ । यो निर्णय नभएसम्म नेपाल सरकारले तोके बमोजिमको स्थानबाट प्रदेशको कार्य सञ्चालन हुनेछ ।

अहिले सरकारले प्रदेशसभा बैठकअघिको बाटो मात्र खोलिदिएको हो । अर्थात निर्णय नभएसम्मका लागि कार्य सञ्चालन गर्न अस्थायी ठाउँ तोकिएको मात्र हो ।

सरकारले अहिले तोकेको ठाउँ नै स्थायी राजधानी होइन । कहाँ राजधानी बनाउँदा उपयुक्त हुन्छ भनेर पछि प्रदेशसभाको बैठकले निर्णय गर्नेछ । आफ्नो प्रदेशका सबै नागरिकको भावनालाई सम्बोधन गर्दै उपयुक्त ठाउँमा राजधानी तोक्ने जिम्मा प्रदेशसभामा चुनिएका सांसदहरुको हो ।

आफ्नो प्रदेशको राजधानी तोक्ने अधिकार सुम्पेर सबै प्रदेशका नागरिकले आआफ्ना प्रतिनिधि चयन गरिसकेका छन् । अहिले आफ्नै ठाउँमा राजधानी हुनुपर्छ भनेर आन्दोलन गरिरहेकाहरुले पनि चुनावमार्फत प्रदेशको राजधानी तोक्ने जिम्मा आफ्ना सांसदहरुलाई दिइसकेका छन् ।

त्यसैले एउटा कुरा प्रष्ट छ, सडकमा प्रदर्शन र दबाबको बलमा राजधानी तोकिने होइन । प्रदेशसभाको चुनावमा विजयी भएका प्रदेश सांसदहरुले निर्णय गर्ने हो । भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रदेश राजधानीबारे पुनर्विचार हुन सक्ने संकेत गर्नु भएको छ ।

बिहीबार स्वदेश फर्कने क्रममा विमानस्थलमा संचारकर्मी सगं कुरा गर्दै ओलीले अनुकूलता, आवश्यकता र सम्भाव्यताका आधारमा प्रदेशसभाले प्रदेश राजधानीबारे उपयुक्त निर्णय लिन सक्ने बताएका छन् ।

अस्थायी राजधानी टुंगो लगाएलगत्तै ठाउँठाउँमा समर्थन र बिरोधको भैरहेको छ । आफ्नो ठाउँमा राजधानी भयो भनेर विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, रुपन्देही, सुर्खेत र धनगढीका बासिन्दा दंग छन् । अनि आफ्नो ठाउँमा राजधानी हुनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएकाहरु चाहिँ अर्कै ठाउँको निर्णय भएपछि थप आक्रोशित भएका छन् ।

तर अहिले तोकिएको राजधानी अस्थायी मात्र हो । संविधानमा स्पष्ट लेखिएको छ –प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतबाट निर्णय भए बमोजिम हुनेछ । यो निर्णय नभएसम्म नेपाल सरकारले तोके बमोजिमको स्थानबाट प्रदेशको कार्य सञ्चालन हुनेछ ।

अहिले सरकारले प्रदेशसभा बैठकअघिको बाटो मात्र खोलिदिएको हो । अर्थात निर्णय नभएसम्मका लागि कार्य सञ्चालन गर्न अस्थायी ठाउँ तोकिएको मात्र हो ।

सरकारले अहिले तोकेको ठाउँ नै स्थायी राजधानी होइन । कहाँ राजधानी बनाउँदा उपयुक्त हुन्छ भनेर पछि प्रदेशसभाको बैठकले निर्णय गर्नेछ । आफ्नो प्रदेशका सबै नागरिकको भावनालाई सम्बोधन गर्दै उपयुक्त ठाउँमा राजधानी तोक्ने जिम्मा प्रदेशसभामा चुनिएका सांसदहरुको हो ।

आफ्नो प्रदेशको राजधानी तोक्ने अधिकार सुम्पेर सबै प्रदेशका नागरिकले आआफ्ना प्रतिनिधि चयन गरिसकेका छन् । अहिले आफ्नै ठाउँमा राजधानी हुनुपर्छ भनेर आन्दोलन गरिरहेकाहरुले पनि चुनावमार्फत प्रदेशको राजधानी तोक्ने जिम्मा आफ्ना सांसदहरुलाई दिइसकेका छन् ।

त्यसैले एउटा कुरा प्रष्ट छ, सडकमा प्रदर्शन र दबाबको बलमा राजधानी तोकिने होइन । प्रदेशसभाको चुनावमा विजयी भएका प्रदेश सांसदहरुले निर्णय गर्ने हो । भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रदेश राजधानीबारे पुनर्विचार हुन सक्ने संकेत गर्नु भएको छ ।

बिहीबार स्वदेश फर्कने क्रममा विमानस्थलमा संचारकर्मी सगं कुरा गर्दै ओलीले अनुकूलता, आवश्यकता र सम्भाव्यताका आधारमा प्रदेशसभाले प्रदेश राजधानीबारे उपयुक्त निर्णय लिन सक्ने बताएका छन् ।

प्रदेशसँग सम्बन्धित काम  

  • प्रदेश प्रहरी र शान्तिसुरक्षा
  •  राष्ट्र बैंंकको नीतिअनुरुप वित्तीय संस्था सञ्चालन, सहकारी संस्था, केन्द्रको सहमतिमा वैदेशिक अनुदान र सहयोग
  •  रेडियो, एफएम, टेलिभिजन सञ्चालन
  •  घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन, कृषि आयमा कर, सेवाशुल्क दस्तुर, दण्ड जरिबाना
  •  प्रदेश निजामती सेवा र अन्य सरकारी सेवा
  •  प्रदेश तथ्यांक
  • प्रदेश स्तरको विद्युत्, सिँचाइ, खानेपानी, परिवहन
  •  प्रदेश विश्वविद्यालय, उच्च शिक्षा, पुस्तकालय, संग्रहालय
  •  प्रदेशसभा, प्रदेश मन्त्रिपरिषद्
  • प्रदेशभित्रको व्यापार
  •  प्रदेश लोकमार्ग
  •  प्रदेश अनुसन्धान ब्युरो
  •  प्रदेश सरकारी कार्यालयको भौतिक व्यवस्थापन र अन्य आवश्यक विषय
  •  प्रदेश लोकसेवा आयोग
  • भूमि व्यवस्थापन, जग्गाको अभिलेख
  •  खानी अन्वेषण र व्यवस्थापन
  •  भाषा, लिपि, संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग
  •  प्रदेशभित्रको राष्ट्रिय वन, जल उपयोग तथा वातावरण व्यवस्थापन
  •  कृषि तथा पशु विकास, कलकारखाना, औद्योगीकरण, व्यापार व्यवसाय, यातायात
  •  गुठी व्यवस्थापन

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्लाहीमा अनियन्त्रित गाडीले बिहेका जन्तीलाई ठक्कर दिँदा १ जनाको मृत्यु, ११ घाइते

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com