काठमाडौं, २७ असार । आगामी श्रावण ०२, देखि १० गते सम्म रुद्राध्यायीको १४,६४१ आवृत्त पाठपूर्वकको अभिषेकात्मक अतिरुद्री महायज्ञ– राजमहायज्ञ गरिने भएको छ ।काठमाडौको पशुपतिमा आयोजित सेवापाठ वराहक्षेत्र चतराधामले जगद्गुरु श्रीरामानन्दाचार्य सेवापाठ वराहक्षेत्र रामकृष्णचार्यजी महाराजको सतङ्कल्पमा बिष्णु महायोगज्ञ ७०५ बर्ष पछि विश्वमा दोश्रो पटक र नेपालमा पहिलो पटक भए पश्चात पून उहाँकै सतसङ्कल्पमा पवित्र भूमि पशुपति क्षेत्रमा झण्डै ५०० याजकहरुद्धारा आगामी श्रावण ०२, २०७९ देखि श्रावण १०, २०७९ सम्म रुद्राध्यायीको आयोजना गरिएको छ ।
देशका मूर्धन्य दैवज्ञ, धर्माचार्य, तन्त्रविशारद एवं संस्कृतिविदहरुको संरक्षकत्व र निर्देशनमा हुने यस “रुद्र महायज्ञ“ को मिति साउन २ का दिन बिहान ११ बजे नेपाल उप–राष्ट्रपति श्री नन्दवहादुर पुनज्यूवाट विधिवत शुभारम्भ गरिने आज एक पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको छ ।
यज्ञ अवधिभर हरेक दिन विहान ६ बजे देखि अपरान्ह १ बजे सम्म “अतिरुद्राभिषेक” र अपराह्न ३–६ बजे सम्म सतसङ्ग लगायत भजन/कीर्तन/आध्यात्मिक झांकी आदिको प्रस्तुति हुनेछ भने २०७९ श्रावण ९ र १० गतेका दिन अपराह्न ३–६ वजे सम्म देश विदेशका सन्त महापुरुषहरुको विशेष सम्मेलन बताईएको छ । “स्वयम्भू” भगवान आशुतोषको क्षेत्रमै हुन गइरहेको अति दुर्लभ यस “रुद्र महायज्ञ“ मा सहभागी भई भगवान आशुतोषको कृपा प्रसाद प्राप्त गर्नु हुन सबैमा आग्रह समेत गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्