गगन अयडी
बाजुरा २४ असार । बाजुरा जिल्ला बुढिगंगा नगरपालिका हिजो मात्र सम्पन्न भएको निर्वाचन केन्द्रको मत गणना आज ११ बजे देखि सुरू हुने बुढिगंगा निर्वाचन कार्यालयले बताए । बुढीगंगा निर्वाचन कार्यालयले भने सर्वदलीय र सर्वपक्षीय बैठकले आज ११ बजे देखि मत गणना गर्ने सहमति भएको निर्वाचन कार्यालयले बताए । मत गणना भानोदय नमुना माध्यमिक विद्यालयमा हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए । मत गणना स्थल कडा सुरक्षा भइ रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले बताए । मत गणना १ र १० बाट सुरू हुने भएको छ ।








प्रतिक्रिया दिनुहोस्