ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रात परेपछि


एबीसी न्यूज
माघ ४, २०७४ बिहीबार   १ : १४   बजे
रात परेपछि
समयको आकाशबाट एउटा सूर्य अस्ताउँछ
र, हजारौँ असूर्यहरु उदाउँछन् ।
फूलका तरेलीहरुमा उदास गीतको                                                                          
अन्तिम हरफ सुनिन्छ
बूढो पीपलको पुरानो हाँगोमा थाकेका चराहरु
झगडा गरी बस्छन्
बगी जाने पानी
उडी जाने बतास
वा, बिर्सी जाने सपनाहरु
रङ उडेको जीवनजस्तो फुस्रो देखिन्छन्
रात परेपछि अप्राप्तिको प्राप्ति पर्खेर बाँचेका
लाखौँ सलहहरु ताराझैँ झिलमिलाउँछन् ।
पसिनाको गन्ध अनायास अमिलो हुन्छ
परिश्रमको थुँगा धमिलो धमिलो हुन्छ
रात परेपछि बटुवाहरु निदाउँछन् र, बाटोले एकालाप गर्छ
विवेकहरु निदाउँछन् र, अहमले साइरन फुक्छ
दया, करुणा, सद्भाव र हार्दिकता
निस्लोट हुन्छन् र, क्रन्दनको बाँसुरीले पहाड भत्काउँछ
ओठ हाँस्छ तर मुस्कान देखिन्न
पाइलाले विश्राम लिन्छ तर शान्तिको धुन गुन्जिँदैन
सयौँ सिरानीहरुमा जून चुहिन्छ र, गालाहरुमा टाटा बस्छन्
सयौँ भाँडाहरुमा अभाव बज्दछ र, आन्द्राहरु नृत्यमग्न हुन्छन्
सयौँ परदेशीहरुको आँखामा आइपुग्छन्– आमा र गाउँ
अनि, परेलीको डिल हुँदै आत्महत्या गर्छन्
भीरमा फुलेको सुनाखरी अँध्यारो देखिन्छ र, अँध्यारोमा ढुङ्गा हान्छन्
लामा हातहरुले .
रात परेपछि कुनै पसलहरुमा पनि खसीबोकाहरुको किनबेच हुँदैन ।
माटोमा कोरेको भविष्यको योजनाचित्रलाई
पैयूँको पातबाट तप्पतप्प खसेको शीतका थोपाहरुले
भिजाएर बिगारिदिन्छ
औषधि किन्न सहर पसेका निरमायाहरु
मधुशालामा नीलो यौवन धरौटी राख्न बाध्य हुन्छन्
औषधि पसलहरु बिरामी भइसक्छन्
कमिजको देब्रे गोजीमा भाग्य बोकेर हिँडेकाहरु
आफ्नै आँखाको खहरेमा चिप्लन्छन्
रात परेपछि दिउँसोका सुकिला दरबारिया
आश्वासनहरु पारिजातको फूलझैँ निमेषमै झर्छन् र, बिलाई जान्छन् मधुरो गर्तमा ।
तिमी वर्षौँदेखि रातको चर्तिकला हेर्दै आइरहेछौ
म वर्षौँदेखि मौन छु अचेल, मेरो देशमा रात परेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group