ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाद छैन, मन्त्री फिर्ता बोलाउनेबारे सर्वसम्मत निर्णय भएको हो : नेता श्रेष्ठ


एबीसी / संवाददाता

काठमाडौँ, १० असार । नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्री फिर्ता बोलाउने विषय स्थायी समितिको सर्वसम्मति निर्णय भएको जनाएको छ । शुक्रबारको पोलिटब्यूरो बैठक जारी रहँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता जीवनराम श्रेष्ठले स्थायी समितिको बैठकले मन्त्री फिर्ता बोलाउने विषय टुङ्ग्याइसकेको बताउनुभयो ।

‘मन्त्री फिर्ता बोलाउने विषयमा स्थायी समितिको बैठकले सर्वसम्मति निर्णय गरिसक्यो,’ उहाँले भन्नुभयो, ‘स्थायी समितिमा अहिलेका दुई मन्त्रीहरू विरोध खतिवडा र रामकुमारी झाँक्री पनि हुनुहुन्छ, उहाँहरूले पनि सहमति जनाउनुभएको हो ।’ पाँचदलीय गठबन्धनमा आफ्नो पार्टीको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गराउँदै नेता श्रेष्ठले दलले गरेको निर्णयलाई गठबन्धनको नेतृत्वको मान्नुपर्ने बताउनुभयो । नेतृत्वले अटेर नगरेको स्पष्ट पार्दै उहाँले कार्यान्वयनमा केही ढिलाइ भने भएको उल्लेख गर्नुभयो ।

‘पाँच दलीय गठबन्धनमा एकीकृत समाजवादीको महत्त्वपूर्ण भूमिका छ, गठबन्धनमा भए पनि आ–आफ्नै दलका निर्णय हुन्छन् र गठबन्धनको नेतृत्वले त्यसको कार्यान्वयन गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘तर, केही ढिलो भने भइरहेको छ ।’ नेता श्रेष्ठले पार्टीभित्र कुनै पनि विवाद नभएको जिकिर गर्दै छिट्टै नै नयाँ मन्त्रीहरूको सपथग्रहण हुने दाबी गर्नुभयो । यद्यपि मिति र समय भने तोक्नुभएन ।

यसैबीच, पार्टीका १० जना सांसदहरूले अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । उहाँरूको पत्रमा मन्त्री चयन समावेशी नभएको विषय समेटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com