ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)


एबीसी / संवाददाता
असार १०, २०७९ शुक्रबार  १० : २६ बजे

काठमाडौं, १० असार । सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी जनाउदै आएको छ । समाजवादीले पार्टीतर्फबाट मन्त्रीहरु हेरफेर गर्ने निर्णय भइसकेको र मन्त्रीमण्डलमा यसको तत्काल सम्बोधन हुुनुपर्ने बताउदै आएको छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको रुची भने यसतर्फ देखिएको छैन । मन्त्री हेरफेरबारे गठबन्धनको पछिल्लो बैठकमा समेत प्रभावकारीरुपमा छलफल नभएपछि एकीकृत समाजवादी थप असन्तुष्ट हुने देखिएको छ ।

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटीले गरेको निर्णय अनुरुप पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरु तत्कालै हेरफेर गर्नुपर्नेमा जोड दिदै आएको छ । तर, एकीकृत समाजवादीको मन्त्रीमण्डल हेरफेरको निर्णयमा सत्ता गठबन्धनका अन्य दलहरु गम्भिर बनेका छैनन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टीको सहमतिमा नै ६ महिनाका लागि मन्त्रीहरु सरकारमा पठाएको बताउने गरेका छन् । एसभित्र मन्त्री हेरफेरको विषयले नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसभित्रै पनि दबाब सिर्जना हुने भनाइ पनि नेताहरुको छ ।

यही विषयमा संवेदनशील भएकाले होला, प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीमण्डल हेरफेरमा रुची देखिएका छैनन् । स्थानीय निर्वाचनमा सम्मानजनक गठबन्धन नभएको भन्दै सन्तुष्ट हुन नसकेको एकीकृत समाजवादी पार्टीको निर्णय गठबन्धनमा सम्बोधन नहुने नसक्दा थप असन्तुष्ट बनेको छ ।प्रधानमन्त्री देउवा बढो सुझबुझका साथ काँग्रेस नेतृत्वको सरकार टीकाइराख्ने मूल उद्देश्यमा देखिन्छन् । गठबन्धनमा सकेसम्म अन्य दलहरु पनि समावेश गराएर बहुमत जुटाउने रणनीतिमा देउवा छन् । सरकार नागरिकता विधेयक संसदमा अघि बढाउने र शान्तीप्रक्रियाका बाँकी कामलाई टुंग्याउनेमा केन्द्रीत भएको छ । जसबाट माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी सकरकारसँग थप सकारात्मक हुनेका लागि बल पुग्नेछ । पछिल्लो समय लोसपाले नागरिकता विधेयक लगायतका मुद्दाहरु सम्बोधन गर्न प्रधानमन्त्रीसँग भेटघाट गरेको थियो । आफ्ना माग, मुद्दालाई सम्बोधन गर्ने दललाई समर्थन जनाउने लोसपाले बताउदै आएको छ । समाजवादीले मन्त्रीमण्डल हेरफेरको विषय चर्कोरुपमा उठाएपनि गठबन्धनमा देउवा र प्रचण्डको झुकाव यसतर्फ देखिँदैन । समाजवादीको मन्त्री हेरफेर नहुदा गठबन्धनमा एकखाले तिक्तता छाएको छ भने यसको असर पार्टीभित्र झनै बढ्ने पनि देखिएको छ । सरकारमा रहेका शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रमे आले लगायतका मन्त्रीहरु पार्टीको निर्णयमा असहमत छन् । बिहीबार कोटेश्वरस्थित नेपालको निजी निवासमा छलफलका क्रममा अध्यक्ष नेपाल र मन्त्री झाँक्रीबीच चर्काचर्की भयो ।

मन्त्री झाँक्रीले राम्रो काम गरिरहँदा पनि हटाइन्छ भने आफ्नो लागि अध्यक्ष मरेतूल्य रहेको भन्नेसम्मको अभिव्यक्ति दिइन् । छलफलमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नरमरुपमा प्रस्तुत हुदै मन्त्री हेरफेर नै गर्ने भए मुख्य दुई सुझाव दिए । पहिलो, राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नको जवाफदिनेसम्मको समय कुर्न दोस्रो, पार्टीको स्थायी कमिटीको निर्णय सच्याएर मन्त्रीमण्डलमा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउन मन्त्रीद्वयले सल्लाह राखे ।

मन्त्री हेरफेरकै कारण भर्खरै निर्माणधीन अवस्थाको पार्टीमा थप आन्तरिक कलह रोक्नुपर्ने चुनौती एकीकृत समाजवादीमा छ । पछिल्लो समय मन्त्री हेरफेरको विषयले गठबन्धन र पार्टीभित्रै पनि एकीकृत समाजवादीको मत एक हुन सकेको छैन । उता स्थायी कमिटीले निर्णय गरिसकेको नयाँ मन्त्रीहरु सपथको मिति कुरेर बसेका छन् । पार्टीबाट मन्त्रीका लागि सिफारिस भइसकेका नेताहरु अब पछि नहट्ने अडानमा छन् । गठबन्धनभित्र र पार्टीको दोहोरो संघर्षमा देखिएको एकीकृत समाजवादीलाई मन्त्री हेरफेरको निर्णय कार्यान्वयनमा चुनौती देखिएको हो । आन्तरिक अन्तोष र कुण्ठाले विग्रहको रुप लिन नपाउदै छिटोभन्दा छिटो समस्या समाधानका लागि एकीकृत समाजवादीका खासगरी, शीर्ष नेताहरु जिम्मेवारपूर्वक अघि बढ्नुपर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com