ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिमरा विमानस्थलको धावनमार्ग जोखिम अवस्थामा


एबीसी / संवाददाता
असार ७, २०७९ मंगलबार  १२ : ४० बजे

काठमाडौँ, ७ असार । बारामा छिटो काम सक्ने बहानामा निर्माण कम्पनीले सिमरा विमानस्थलको धावनमार्ग मर्मतमा लापरबाही हुन थालेपछि रनवे जोखिममा पर्ने भएको छ ।

नियमन निकायको बेवस्ता गर्दै निर्माण कम्पनीले अटेर गरी काम सक्न पानी परिरहेकै अवस्थामा रनवेको सुचक चिन्ह पेन्ट माथिनै अस्तर लगाई धमाधम कालोपत्रे गरेसँगै रनवे जोखिममा पर्ने भएको हो । १० करोडमा ठेक्का सम्झौता गरेको सप्तकोशी जलाधार प्रा. ली. ले गत जेठ २४ गतेदेखि असार १२ गतेभित्र विमानस्थलको एक हजार १ सय ९० मिटर धावनमार्ग कालोपत्रे गर्ने जिम्मा पाएको हो । पानी परेकै बेला गरिएको रनवेको २५ मिटर कालोपत्रेको लेबल नमिलेको र जोईन्ट तलमाथि परेको छ भने क्रंकिट र पिचको मिश्रण समेत छुटेको छ । दिउँसो १ बजे देखि बिहान ५ बजेसम्म काम नभएको समयमा गरिने मर्मत हेर्न नागरिक उड्ययन प्राधिकरणले ४ जना छुट्टै प्राविधिक टोलीलाई जिम्मा दिएको छ । सप्तकोशी जलाधार प्रालीले पेटी ठेकेदारको रुपमा पप्पु कन्स्ट्रक्सनलाई प्रयोग गरेपछि रनवेको मर्मत कमजोर बन्ने अनुमान गर्न थालिएको छ ।

प्राधिकरणका इन्जिनियर स्मीता पुन्जालीले पानी परेको बेला काम रोक्ने गरेको बताउदै मर्मतकै चरणमा भएका त्रुटिपूर्ण काम सच्याउदै लैजाने बताउनुभयो । हाल सिमरा–काठमाडौं हवाई उडान बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म ४ वटा कम्पनीले ५ देखि ६ वटा मात्रै उडान भर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

बालुवाटार पुगेर एमाले अध्यक्ष ओलीले गरे प्रधानमन्त्री कार्कीसँग २ घण्टा छलफल

काठमाडौँको चुनावी नक्सा : शक्ति–सन्तुलन, मतदाता मनोविज्ञान र सम्भावित उलटफेरको कठोर विश्लेषण

अभियोग, आरोप र चुनावः जाँचबुझ आयोगको प्रतिवेदन ओलीका लागि किन निर्णायक ?

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस् – अध्यक्ष ओली

अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता गर्ने सहमति

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com