काठमाडौ, ६ असार । सरकारले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा नजोडिने निर्णय गरेको छ ।आज सोमवार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा नजोडिने बताउँदै अमेरिकालाई पत्र पठाउने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिनुभयो ।बैठकले एसपीपीको विषयमा यसअघि भएका पत्राचारमा कुटनीतिक कमजोरी भएको पनि निष्कर्ष निकालेको छ । अमेरिकी सैन्य गतिविधिसँग जोडिएको एसपीपीमा सहभागी हुनका लागि सरकारले सन् २०१५ मै अमेरिकालाई लेखेको पत्र सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भएको थियो ।








प्रतिक्रिया दिनुहोस्