ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसपीपी पनि व्याख्यात्मक घोषणासहित पारित हुने हो कि भन्ने आशंका छ : सभापति निरौला


एबीसी / संवाददाता
असार ५, २०७९ आईतबार  १ : ०६ बजे

काठमाडौँ, ५ असार । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति पवित्रा निरौला खरेलले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सन् २०१५ मा भूकम्प पीडितका लागि सहयोग लिन स्वीकार गरिएको हुनसक्ने तर पछिल्लो समयमा अमेरिकाले विभिन्न विषय जोड्दै गएको बताइन् । उनले एमपीपीमार्फत नेपालमा अमेरिकी सेना आउने हुने कि भन्ने आशंका उब्जिएको पनि बताइन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा एसपीपी र प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिलाई लिएर विवाद भएको थियो । एसपीपीबारे उनले भनिन्, सन् २०१५ मा भूकम्प पीडितका लागि सहयोग लिन स्वीकार गरियो होला तर पछि अमेरिकाले विभिन्न विषय घुसायो, उनले भनिन् । एसपीपीलाई पछि गएर हिन्द प्रशान्त सैन्य रणनीतिमा अमेरिकाले जोडेको उनको भनाइ थियो ।

२०७२ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको केही दिनमा नै तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासलाई एसपीपीबारे पत्राचार गरेका थिए । पछि एसपीपीलाई सैन्य गठबन्धनमा राखिएको भन्दै सन् २०१९ मा तत्कालीन सरकारले होल्डमा राखेको थियो । हाल प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जान लागेको सूचना आएपछि एसपीपी बहस र विवादमा आएको थियो ।

त्यस्तै, एसपीपीलाई पनि वर्तमान सरकारले व्याख्यात्मक घोषणासहित पारित गर्ने हो कि भन्ने जनमानसमा परेको सभापति खरेलको भनाइ थियो । उनले भनिन्, एसपीपी पनि व्याख्यात्मक घोषणासहित पास हुने त होइन भन्ने प्रश्न जनताले उठाइरहेका छन्,ु उनले भनिन्, नेपालमा अमेरिकी सेनाले बुट बजार्ने कुरा जनताबाट आइरहेका छन्स यसले गर्दा सबैको मन रोएको छ । नेपाल स्वतन्त्र राष्ट्र हो, हामीले स्वतन्त्र राख्नुपर्छ ।

एमसीसीलाई संसद्‌बाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित गरेको प्रसङ्ग उल्लेख गर्दै सभापति खरेलले सरकारले एसपीपीलाई पनि व्याख्यात्मक घोषणासहित पारित गर्ने हो कि भन्ने आशंका व्यक्त गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

सम्बन्धित

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दै

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धमा कसरी लगे ? : न्युयोर्क टाइम्स

अमेरिका र इरानबीच युद्धविराम सम्झौता: पाकिस्तानको मध्यस्थतामा २ हप्ताको ‘युद्धविराम’

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com