ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता


एबीसी / संवाददाता

काठमाडौँ, ४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै आज उहाँले यस्तो बताउनुभएको हो । उहाँले यस विषयमा तत्काल विधेयक ल्याएर काम अघि बढाउने समेत बताउनुभयो । गेटा मेडिकल कलेज प्रतिष्ठान सम्बन्धि ऐन ल्याएर काम अघि बढ्ने बताउदै उहाँले अब बस्ने मन्त्रीपरिषदको बैठकबाट टुङ्गो लाग्ने बताउनुभयो। स्वास्थ्य विज्ञान प्रतिष्ठान बने सुदूरपश्चिममा चिकित्सक उत्पादन हुने र बिकट ठाउँका नागरिकलाई पनि स्वास्थ्य सेवा लिन सहज हुने उहाँको तर्क छ । प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशमा विकासले गति लिइसकेको समेत दावी गर्नुभएको छ । कैलालीमा नदी कटानको समस्या रहेको भन्दै यस विषयमा समेत आफूले पहल गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो । मोहना देखी पूर्व सत्तीसम्मको नदी कटानको समस्या सबै मिलेर समाधान गर्न सकिने र यसका विषयमा भारतसँग कुरा गर्न सकिने उहाँको भनाइ छ ।

धनगढी उपमहानगरपालिकालाई सुन्दर र सुरक्षित बनाउन अतिक्रमण हटाउनुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिनुपर्ने बताउनुभएको छ । त्यसका लागि उहाँले मेयर हमाललाई कडा रूपमा प्रस्तुत हुन आग्रह गर्नु भएको छ । प्रदेश सरकार र स्थानीय तहको सरकारलाई जनताको काममा ढिलाइ नगर्न प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो । उहाँले प्रदेश र स्थानीय तहमा कर्मचारीको समस्या रहेको समेत बताउनुभएको छ । साथै कर्मचारी प्रदेश र स्थानीय तह आउन नचाहने तथा केन्द्रमा बस्न चाहने गरेको बताउदै उहाँले उनीहरूलाई अवसर दिएर भएपनि प्रदेशमा ल्याउनुपर्ने उहाँको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com