ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेवास्तामा काठमाडौं उपत्यकाका पोखरी (फोटोफिचर)


एबीसी / संवाददाता
असार ४, २०७९ शनिबार  ९ : ३५ बजे

काठमाडौं,४ असार ।  आधुनिक समाजको उच्च वर्ग बस्ने शिक्षित नागरिकहरुको शहर हो काठमाडौं । भनिन्छ शिक्षित समाज र शिक्षित व्यक्तिले नैतिकताको विकास गर्छ । काठमाडौं शहरमा बस्ने अधिकांश मानिस शिक्षित छन् । तर आफ्नो शिक्षालाई व्यवहारिक बनाउने कसरी ? र कहिले ? यो प्रश्न सधैँ नै हुँदै आइरहेको छ ।

हामी नैतिकताको पाठ सिकाउँछौँ, भाषण गर्छौं, कानूनका कुरा गर्छौं तर पालना गर्न त्यत्तिकै पछि छौँ । शहरमा शिक्षित मानिसको बसोवास रहेपनि नैतिकता भने कै देखिन्छ । शिक्षित मानिस बसोवास गर्ने क्षेत्रमा नै सबैभन्दा बढी फोहोर र अव्यवस्थित देखिन्छ । जनचेतना भएरपनि प्रयोगात्मकरुपमा कमजोर छन् शिक्षित शहरका मानिसहरु । यो हेर्न र प्रमाणित गर्न अन्त जानै पर्दैन, काठमाडौं उपत्यकामा रहेका केही पोखरीहरुको कन्तबिजोकले नै यो कुरा स्वतः प्रमाणित गर्छ । देशको संघीय राजधानी हो काठमाडौं ।

मल्लकालीन सभ्यता र कलाको नगरीकारुपमा परिचित काठमाडौं पहिचन बोकेको शहर हो । तर आज काठमाडौंको पहिचान, सुन्दर, हराभरा, व्यवस्थितको ठिक विपरित् छ भन्दा फरक पर्दैन । काठमाडौं उपत्यकाको पोखरी तालतलैया र त्यहाँको दृश्य हेर्न सकिँदैन । करोडौं खर्च गरेर सिंगारिएको काठमाडौंको कमल पोखरी होस् वा राज्यस्तरबाट बेवास्तामा परेको चापागाँउको पल्स्वा पुखु, यी सबैको अवस्था उस्तै छ । खानेपानीको समेत हाहाकार रहेको काठमाडौंका पोखरीका पानी फोहोर हुनुलाई स्वभाविक नै मान्न सकिएला तर पोखरीमा तैरिरहेका बोतल, प्लाष्टिक र कागजका टुक्राहरु अनि जीर्ण भइसकेको पोखरीको पुनःनिर्माण नहुनुले यो भव्य शहरका नागरिकहरुलाई गिज्याइरहेको स्पष्ट हुन्छ । पोखरीवरपर उत्तिकै झारपात उम्रेका छन् ।

कतिपय पोखरीको पर्खाल भत्केको छ अनि माटोको थुप्रोमा फोहोर डंगुर देख्न सकिन्छ । राजधानीका केही पोखरीमा लुगा धुने नुहाउने मात्रै होइन पौडी पनि खेलिन्छ । यस्तैखाले क्रियाकलाप र जनसंख्याको चापका कारण पोखरीहरु दुषित भइरहेका छन् । हुनतः काठमाडौंमा पोखरीमात्रै अव्यवस्थित छैनन्, सडक, पेटी, सवारी, पसल, मानिस वा भनौँ यो सम्पूर्ण शहर नै अव्यवस्थित बनेको छ । राज्यपक्ष, स्थानीय निकाय यसमा पुनःनिर्माण गर्न र व्यवस्थित बनाउन गफमा नै तल्लिन छन् । ‘नजिकको तीर्थ हेला’ नेपालीमा रहेको यो प्रचलित उखान ठ्याक्कै काठमाडौंवासी र नेपाली राजनीतिक दलका नेतृत्वहरुलाई सुहाउँ, चरितार्थ हुन्छ । किनभने राजनीतिक दलका नेताहरु डाँडामा भ्यूटावर बनाउन पुग्छन् तर नजिकको सभ्यता, संस्कृति, पहिचान, कला र पर्यटकीय गन्तव्यहरुलाई बिर्सिएर अझ भनौँ आफैँमा रहेको वासनालाई कस्तुरीले खोज्दै हिँड्ने गरेझैँ त्यही बाटोमा अघि बढ्दैछन् । अझै हाम्रो सभ्यता, संस्कृति, पहिचान, कला जोगाउन नसके हामीले देशकै पहिचान जोगाउन सक्दैनौँ । तसर्थ पनि इतिहास बोकेका सैरचना बचाउँदै, भत्केका र जीर्ण रहेका तालतलैया, पोखरीको मर्मतसम्भार गरेर आफ्नो पहिचान र शिक्षित वर्गको परिचय हामी शहरीवासीले नै दिनुपर्छ । किनभने प्राकृतिक स्थल मानिसको मात्रै हो भन्ने हुँदैन, त्यहाँ रहने भौतिक चराचर जीवजन्तुको पनि वासस्थान हो । त्यसैले अब वातावरणीय समस्याहरू कम गर्न सम्पूर्ण आम सरोकारवालाहरू पनि जागरुक हुनुपर्छ । प्रदुषित वातावरणले मानव स्वास्थ्य मात्र नभई सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रलाई नराम्रो असर पारिरहेको छ ।

मानवको समुन्नत भविष्य निर्माण पनि वातावरण संरक्षणसँग जोडिएको छ । हामिले आफ्नो अधिकार आफै हनन् गर्दै आएका छौँ । त्यसैले संविधानले नै दिएको स्वच्छ वातावरणमा बाँच्न पाउने हकका लागि सम्बन्धित सबैको ध्यान केन्द्रित हुनुपर्छ । भौतिक सुविधा तथा सेवाको उपलब्धताले मानव बसोवासको व्यापक दबाबमा परेको शहरी क्षेत्रको व्यवस्थित शहरीकरण गर्नुपर्ने आवश्यकता नेपालजस्ता विकासोन्मुख मुलुकमा छ । साथै शहरी क्षेत्रमा नैतिकताको जनचेतना जगाउनु पर्ने देखिन्छ ।

 

भक्तपुरको मध्यपुर ठिमी उकालोको वालकुमारी पुखु (पोखरी)
कमल पोखरी, चापागाँउ ।
कमलपोखरी, काठमाडौं ।
खिचापोखरी, हरिसिद्दि ।
गुइत पोखरी, पाटन ।
नागदह, धापाखेल ।
बुद्ध पोखरी, ठेचो ।
भक्तपुरको भाज्या पुखु (पोखरी)
भक्तपुरको मध्यपुर गार्चामा रहेको स्वगां पुखु (पोखरी)
वालकुमारी पोखरी ।
भक्तपुरको मध्यपुर ठिमी स्वगुं पुखु (पोखरी)
सप्तपाल पोखरी लगनखेल ।
हरिसिद्धि पोखरी, हरिसिद्धि ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धमा कसरी लगे ? : न्युयोर्क टाइम्स

सम्बन्धित

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दै

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धमा कसरी लगे ? : न्युयोर्क टाइम्स

अमेरिका र इरानबीच युद्धविराम सम्झौता: पाकिस्तानको मध्यस्थतामा २ हप्ताको ‘युद्धविराम’

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com