ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात, भुटान ५० रनले पराजित


एबीसी / संवाददाता

काठमाडौँ, ३ असार । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा केहीबेर अघि सकिएको खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७ ओभर ५ बलमा अलआउट भयो । उसले ४४ रन मात्र बनाउन सक्यो । भुटानका लागि छिरिङ जान्ग्मोले १६, एनगावाङ छोडेनले ८, सोनाम छोडेनले ५ र पेमा सोल्डेनले ४ रन बनाइन् । नेपालकी सङ्गीता राईले ४ विकेट लिइन् भने कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य, सीता राना मगर र इन्दु बर्माले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो ।

नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोडिन भने इन्दु बर्माले २० रन, कप्तान रुविना क्षेत्रीले २१ र डोली भट्टले ५ रन बनाए । यस्तै, सीता मगरले ४, ममता चौधरीले ३, विन्दु रावलले १ रन जोड्दा अश्मिना कर्माचार्य र ज्योति पाण्डे शून्य रनमा आउट भए । भुटानकी सोनम पाल्डोनले ४ तथा अन्जु गुरुङ र टासी छेकीले १/१ विकेट लिए । च्याम्पियनसिप अन्तर्गत नेपालले अब कुवेतसँग भोलि खेल्नेछ । यस्तै, सोमवार बहराइन र अन्तिम खेलमा मङ्गलवार हङकङसँग खेल्ने छ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह बी मा हङकङ, कुवेत, भुटान र बहराइन छन् । यस्तै समूह ए मा मलेसिया, यूएई, ओमान, कतार र सिङ्गापुर छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी-२० एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com