काठमाडौँ, ३ असार । सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताए । उहाले शुक्रबार गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै यो कार्यक्रममा सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जस्तो नभएको पनि दावी गरे । उनले एमसीसीलाई संघीय संसदले १२ बुँद व्याख्यात्मक घोषणा गरेर जारी गरे जसरी पास नगरिने पनि जिकिर गरेका छन्।
प्रचण्डले एमसीसी र एसपीपी दुवै नेकपा एमालेका अध्यक्ष केपी ओलीको करामत भन्दै दोष दिए। एमसीसी र एसपीपी दुवै परियोजना पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले ल्याएको हो, उनले भने, ओली सरकारको समयमा यी आएका हुन्, दुवैमा ओलीको करामतले समस् भएको हो।
उनले एसपीपीमा कुनै व्याख्यात्मक घोषणा पनि नहुने तर्क गरेका छन्। एमसीसी १२ बुँदा घोषणासहित पास गर्यौँ। तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैनु, उनले भने, यो खारेज हुन्छ। फरक प्रशंगमा उनले अहिलेको सत्ता गठबन्धन फेरबदल नहुने पनि बताएका छन्। गठबन्धन फेरबदलको कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उनले थपे, अहिले गठबन्धन जे हो त्यही जान्छ। पार्टीका एक दुई मान्छे लाग्ने कुरा बेग्लै भएको भन्दै उनले अहिले माओवादीले गठबन्धन छाड्ने कुरा नभएको पनि प्रचण्डले बताए।








प्रतिक्रिया दिनुहोस्