ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सेनाको स्पष्टीकरण : भूकम्पमा सहयोगका लागि पत्र लेखिएको हो, एसपीपी सम्झौताका लागि होइन


एबीसी / संवाददाता
असार २, २०७९ बिहीबार  १० : ०० बजे

काठमाडौं, २ असार । तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षत्रीले सन् २०१५ मा अमेरिकी दूताबासलाई लेखेको पत्र आधिकारिक भएको जंगी अड्डाले स्पष्ट पारेको छ। २०७२ को भूकम्पपछि उद्धारमा सहयोग गरेको अमेरिकी मित्रराष्ट्रलाई थप सहयोगका लागि अनुरोध गरिएको सो पत्रमा एसपीपी सम्झौताका लागि कुनै आग्रह नगरिएको सेनाले स्पष्ट पारेको छ।नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले पत्रबारे स्पष्ट पार्दै भने, भूकम्पका बेला वर्षादीको पनि महत्व हुने अवस्थामा, यसका लागि कुनै सम्झौता भएको पनि छैन। तर त्यतिबेला कुनै सम्झौता वा सैन्य गठबन्धनका लागि नभई पूर्णतः विपद व्यवस्थापनको क्षेत्रमा सहयोगका लागि पत्राचार गरिएको उनको भनाइ छ ।

सन् २०१५ को अवस्थामा, भूकम्पको अवस्थामा दर्जनौं विदेशी सेनाहरु आएर उद्धारमा सहयोग गरेको र त्यसमा नेपाली सेनाले संयोजन गरेको थियो। अब यस्तै पर्यो भने कसरी गर्न सकिन्छ भनेर जोसँग जे अनुभव छ, त्यही पृष्ठपोषणका आधारमा अघि बढ्नुपर्ने अवस्था थियो ।

अमेरिकासँग त्यस्तो किसिमको लजिस्टिक सपोर्ट पनि छ । स्रोत र अनुभव पनि छ। उनीहरुसँग सहयोग लिँदा हुन्छ भनिसकेपछि कुनै अलायन्स गर्नका लागि होइन, कुनै लिखित सम्झौता गरेर होइन कि बिनासर्त सहयोगका लागि अनुरोध गरेको हो। त्यो अनुसारको सहयोग अहिलेसम्म पनि प्राप्त भइरहेको छ। भविश्यमा पनि प्राप्त हुने आशा गरेका छौं।त्योबेला वर्षादीको पनि महत्व हुने अवस्थामा, यसका लागि कुनै सम्झौता भएको पनि छैन। सम्झौता गरेर हुने चिज पनि होइन। कुनै एलाइन्सको लागि त्यो पत्र लेखेको पनि होइन।त्यो पत्रमा प्रष्ट लेखिएको छ, डिजास्टर म्यानेजमेन्टमा प्रिप्रियरनेस क्राइसिस म्यानेजमेन्टका लागि हामीकहाँ हेलिकप्टर, कार्गो प्लेन नपुग्ने रहेछ भने त्यसका लागि हो । क्रिटिकल स्टक्चरहरु कसरी बचाउन सकिन्छ, बिग्रिए भने कसरी चाँडो बनाउने, यी चिजमा फोकस गरेर सहयोगको अपेक्षा गरेर पत्र पठाएको हो।त्यसमा केही सामाग्री हामीले प्राप्त पनि गरिरहेका छौं। स्काई ट्रकहरु प्राप्त भए कोही प्राप्त हुने क्रममा छन्। तालिम पनि भइरहेको छ। सहकार्य पनि भइरहेको छ ।

विपतको तालिम पनि हुन्छ। एलाइन्स नगरी, लिखित सम्झौता नगरी मित्रवत हिसावले बिनाशर्त पाउने चिजका लागि हामीले अनुरोध गरेको हो।त्योबेलाको अवस्था फरक थियो । तर, पनि त्यतिबेला कुनै सम्झौता गरेका थिएनौं। नेपाली सेनाले हिजो भने जस्तै त्यसका लागि कुनै सम्झौता गरेको पनि छैन। सम्झौता गर्ने प्रक्रियामा पनि छैनौं। भविष्यमा पनि हाम्रो राष्ट्रियतामा असर पर्ने गरी कुनै पनि देशसँग यस्तो प्रकारको सम्झौता गर्नुहुँदैन भन्ने कुरामा नेपाली सेना सचेत छ। प्रष्ट पनि छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धमा कसरी लगे ? : न्युयोर्क टाइम्स

सम्बन्धित

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दै

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धमा कसरी लगे ? : न्युयोर्क टाइम्स

अमेरिका र इरानबीच युद्धविराम सम्झौता: पाकिस्तानको मध्यस्थतामा २ हप्ताको ‘युद्धविराम’

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com