ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको आलोचना गरेकोमा भूसालसँग स्पष्टिकरण सोधिने


एबीसी / संवाददाता
जेष्ठ २१, २०७९ शनिबार  १० : ५५ बजे

काठमाडौं, २१ जेठ । नेकपा एमालेको अनुशासन आयोगले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै अन्तर्वार्ता दिएको विषयमा स्थायी कमिटी सदस्य घनश्याम भूसालसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

स्थानीय तह चुनावको परिणाम सार्वजनिक भएलगत्तै नेता भूसालले एक टेलिभिजनका लागि दिएको अन्तर्वार्तामा अध्यक्ष केपी ओलीले पार्टी सञ्चालन गर्दा अपनाएको शैली र लिएको नीतिको विषयमा आलोचना गरेका थिए ।अनुशासन आयोगका अध्यक्ष केशव बडालले हिमालय टिभीमा अन्तर्वार्ता दिने एक स्थायी कमिटीका सदस्यलाई स्पष्टिकरण सोध्ने निर्णय भएको बताए ।

‘पार्टीका एक स्थायी कमिटीका सदस्यले हिमालय टेलिभिजनमा दिनु भएको अन्तर्वार्तामा गम्भीर विषयहरु रहेका छन् । त्यस विषयमा विधिवत, संस्थागत रुपमा निर्णय गरेर पार्टी केन्द्रमा पठाएका छौ,’ बडालले भने, ‘एक जनाको मात्रै हो । अन्यको बारेमा नामको समेत चर्चा भएको छैन । यो पार्टीको आन्तरिक विषय हो ।’ अनुशासन आयोगको बुधबार बसेको बैठकले भूसालसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको स्रोतले जनाएको छ ।अन्तर्वार्ताको क्रममा नेता भूसालले स्थानीय तहको चुनावमा एमालेको कमजोर प्रदर्शनप्रति अध्यक्ष ओलीको नीति र कार्यशैली जिम्मेवार रहेको बताएका थिए । चुनावी नतिजा आएपछि उनले त्यस परिस्थितिमा अध्यक्ष ओलीले राजीनामा दिनु उपयुक्त हुने समेत बताएका थिए । भूसाल एमाले अध्यक्ष केपी ओलीको नीति र पार्टी सञ्चालन विधिको आलोचकका रुपमा चिनिदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com