ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रूपमा मनाइँदै, अस्वस्थकर खानपानबाट बर्षेनी ५५ करोड मानिस बिरामी


एबीसी / संवाददाता
जेष्ठ १९, २०७९ बिहीबार  २ : १४ बजे

काठमाडौं, १९  जेठ ।  विश्व खाद्य स्वच्छता दिवस सप्ताव्यापी रुपमा मनाइरहेको छ । जुन १ देखि जुन ७ सम्म मनाइने विश्व खाद्य स्वच्छता दिवस २०२२ को यो वर्षको नारा ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ रहेको छ । विश्व खाद्य स्वच्छता दिवस हरेक वर्ष जुन ७ का दिन मनाइने गरिन्छ । खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम जनमानसमा पुर्याउन पु¥याउन विभागले १४ वर्ष अघि देखि सुरु गरेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना वैद्य जोशीले बताइन् । खानपानमा स्वच्छता र सन्तुलित नहुँदा धेरै प्रकारको रोग लाग्न सक्दछ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा हरेक वर्षमा अस्वच्छकर एवम् दुषित खाद्यपदार्थबाट झाँडापखालादेखि क्यान्सरसम्म गरी २ सय बढी रोग लाग्ने, प्रत्येक दश जना मध्ये १ जना विषाक्त खाद्य पदार्थ उपभोगका कारण बिरामी हुने, ४ लाख २० हजार खाद्य जनित रोगबाट मृत्यु हुने तथा झाँडापखालाबाट करिब ५५ करोड बिरामी हुने र २ लाख ३० हजारको मृत्यु हुने गर्दछ ।

विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसन्धान अनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपक्षीजन्य खाद्य पदार्थमा एण्टिबायोटिक अवशेष, खाद्यन्नमा ढुसीजन्य विषालुको समस्या रहेको औल्याएको छ ।विश्व खाद्य स्वच्छता दिवसको अवसरमा जेठ २४ गते प्रधानमन्त्री, कृषि मन्त्री, कृषि सचिव तथा विभागका महानिर्देशकको शुभकामना एवं सन्देश राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्ने, दिवसको नारा र सन्देश सहितको ब्यानर विभिन्न मन्त्रालय, विभाग र यस विभाग मातहतका कार्यालय तथा डिभिजन कार्यालयहरुमा राख्ने एवं विभागको वेभसाइटमा राख्ने, विभाग र मातहतका कार्यालयहरुबाट स्ट्रिट फुड स्वच्छता अभिवृद्धि कार्यक्रम गर्ने विभागले जनाएको छ ।

त्यस्तै, दिवसका अवसरमा विभाग र मातहतका कार्यालयहरुबाट होटल, रेष्टुरेन्ट अनुगमन निरिक्षण तथा स्तरिकण गरी लोगो वितरण कार्यक्रम, खाद्य उद्यमी व्यवसायीहरुसँग खाद्य स्वच्छता एवम् अन्र्तक्रिया कार्यक्रम गर्ने, खाद्य स्वच्छता तथा पोषणसम्वन्धि स्कुल शिक्षा कार्यक्रम, मातहतका कार्यालयहरुबाट खाद्य उद्यमीसँग् अन्र्तक्रिया गर्ने, खाद्य स्वच्छतासम्वन्धी सूचना सन्देशका चेतनामूलक पर्चा, पम्प्लेट प्रकाशन तथा वितरण गरी प्रचार प्रसार गरिने भएको छ । जेठ २४ गते तथा विश्व खाद्य दिवसका दिन विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, शिक्षण संस्था, उपभोक्ता हकहितसम्वन्धि संघसंस्था लगायतको सहभागीतामा बिहान प्रभातफेरी कार्यक्रम गरी सोही दिन दिउँसो मूल समारोह कार्यक्रम गर्ने विभागले जनाएको छ । मूल समारोह कार्यक्रममा खाद्य स्वच्छताका आधारमा छनौट भएका उत्कृष्ट खाद्य उद्योगलाई प्रमाणपत्र प्रदान गरिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन (नामावलीसहित)

अर्थमन्त्रीले भने– सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com