काठमाडौं, १७ जेठ । ज्येष्ठता मिचेर आईजीपी नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा केहीबेरमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो ।यसअघि सुस्मलता माथेमाको एकल इजलासले पोखरेलको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि पेसी सार्न नमिल्ने गरी आजका लागि अन्तिम सुनुवाइको मिति तोकेको थियो ।सरकारले १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरेपछि अन्यायमा परेको भन्दै वरिष्ठता र ज्येष्ठतामा पहिलो नम्बरमा रहेका एआईजी पोखरेल अदालत जानुभएको हो ।








प्रतिक्रिया दिनुहोस्