ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा ७६ वर्षमा ५५ वटा विमान दुर्घटना : आठ सयभन्दा बढीले ज्यान गुमाए (विवरण सहित)


एबीसी / संवाददाता

काठमाडौं, १७ जेठ ।  तथ्यांकअनुसार नेपालमा ७६ वर्षमा ५५ वटा विमान दुर्घटना भएका छन् । दुर्घटनामा परी अहिलेसम्म आठ सयभन्दा बढीले ज्यान गुमाएका छन् । नेपालमा पहिलोपटक सन् १९४६ मे ७ मा हवाइ विमान दुर्घटना भएको थियो । १४ जना सैनिकसहित दुई जना चालक दलका सदस्य रहेको रोयल फोर्सको जहाज पहिलोपटक नेपाली आकशमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मानवीय क्षति भने भएको थिएन ।

त्यसपछि सन् १९५५ मा कालिंगा एयरको विमान सिमरा विमानथलमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो । सन् १९४६ देखि हालसम्म आइपुग्दा नेपालमा ९४ वटा साना ठूला हवाई दुर्घटना भएको पाइन्छ । यीमध्ये ५४ वटा दुर्घटनामा चालक दलका सदस्य वा यात्रुले आफ्नो ज्यान गुमाएका छन् ।

नेपालमा भएको पहिलो हवाई दुर्घटना सन् १९४६ मे ७ मा भएको थियो । १४ जना सैनिकसहित २ जना चालक दलका सदस्य रहेको रोयल फोर्सको जहाज नेपालमा पहिलोपटक दुर्घटनामा परेको थियो । तर उक्त दुर्घटनामा मानवीय क्षति भने भएको थिएन ।

त्यसपछिको हवाई दुर्घटनाको इतिहास खोतल्ने हो भने सन् १९५५ देखि हालसम्म भएको दुर्घटनामा ७ सय ६५ जनाले दुर्घटनास्थलमै मृत्युवरण गरेका छन् । केही व्यक्तिको उपचारको क्रममा पनि मृत्यु भएको छ । यसरी हेर्दा हवाई दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ८ सयभन्दा बढी रहेको छ ।

नेपालमा विमान दुघर्टनाका तथ्याङक

सन् १९४६ मे ७ मा रोयल फोर्स एयर दुर्घटना ९स्थान नखुलेको० मानविय क्षति भएन ।
सन् १९५५ मा कालिंगा एयरको विमान सिमरा विमानथलमा दुर्घटना, २ जनाको मृत्यु ।
सन् १९५६ मा इण्डियन एयरलाईसको विमान काठमाडौंमा दुर्घटना, १४ जनाको मृत्यु ।
सन् १९५७ मा इन्डियन एयरलाइन्स पाट्नेभञ्ज्याङ, टीकारभैरवमा दुर्घटना, २० जनाको मृत्यु ।
सन् १९५८ मा इण्डियन एयरलाईन्सको विमान टिकाभैरवमा दुघर्टना २० जनाको मृत्यु ।
सन् १९६० मा नेपाल वायूसेवा निगमको विमान भैरहवामा दुघर्टना ४ जनाको मृत्यु ।
सन् १९६२ मा नेपाल वायूसेवा निगमको विमान ढोरपाटनमा दुर्घटना १० जनाको मृत्यु ।
सन् १९६२ मा नेपाल वायुसेवा ९निगमको विमान ढोरपाटनमै दुर्घटना ६ जनाको मृत्यु ।
सन् १९६९ मा नेपाल एयरलाइन्सको विमान बतासेडाडामा दुर्घटना ३५ जनाको मृत्यु ।
सन् १९७० मा नेपाल एयरलाइसको विमान दिल्लीमा दुघर्टना १ जनाको मृत्यु ।
सन् १९७० मा रोयललाईट जोमसोममा दुघर्टना १ जनाको मृत्यु ।
सन् १९७२ मा रोयल लाईट धुलिखेलमा दुर्घटना ३१ जनाको मृत्यु ।
सन् १९७५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना ५ जनाको मृत्यु ।
सन् १९७६ मा नेपाल एयरलाइसको विमान मेघौलीमा दुर्घटना ६ जनाको मृत्यु ।
सन् १९७९ मा भिभिआइपी लाङटाङमा दुर्घटना ६ जनाको मृत्यु ।
सन् १९८१ मा नेपाल एयरलाइसको विमान विराटनगरमा दुघर्टना १० जनाको मृत्यु ।
सन् १९८४ मा नेपाल एयरलाइसको विमान भोजपरमा दुर्घटना १५ जना मृत्यु ।
सन् १९८५ मा नेपाल आम सवार विमान दुर्घटना २५ जनाको मृत्यु ।
सन् १९९२ मा थाई एयरको विमान रसुवाको याङफेदमा दुघर्टना ११३ जनाको मृत्यु ।
सन् १९९२ मा पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भटटेडाँडामा दुघर्टना १६७ जनाको मृत्यु ।
सन् १९९२ मा एभरेष्ट्र एयरको विमान दुर्घटना १८ जनाको मृत्यु ।
सन् १९९५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना २ जनाको मृत्यु ।
सन् १९९७ मा कर्णाली एयरको विमान सोलुमा दुर्घटना १ जनाको मृत्यु ।
सन् १९९८ मा एटएससी लिबनी विमान दुर्घटना १८ जनाको मृत्यु ।
सन् १९९८ मा एशियन एयरको विमान सोलुुखुम्बुमा दुर्घटना ३ जनाको मृत्यु
सन् १९९८ मा नेपाल एयरलाइन्सको विमान सोलुमा दुर्घटना १ जनाको मृत्यु ।
सन् १९९९ मा नेकोन एयरको विमान जुम्लामा दुर्घटना ५ जनाको मृत्यु ।
सन् १९९९ मा स्काईलाइनको विमान मकवानपुरमा दुर्घटना १० जनाको मृत्यु ।
सन् २००० मा नेपाल एयरलाइन्सको विमान डडेल्धुरामा दुर्घटना २५ जनाको मृत्यु ।
सन् २००१ मा फिस्टेल एयरको विमान रारा तालमा खस्दा ४ जनाको मृत्यु ।
सन् २००२ मा स्काईलाईनको विमान सुर्खेतमा दुर्घटना ४ जनाको मृत्यु ।
सन् २००२ मा सांग्रीला एयरको विमान कास्कीमा दुर्घटना १८ जनाको मृत्यु ।
सन् २००४ मा यती एयरलाइन्सको विमान लमजुङमा दुघर्टना ३ जनाको मृत्यु ।
सन् २००५ मा एयर डाइनेिटकको विमान रामेछापमा दुर्घटना ३ जनाको मृत्यु ।
सन् २००६ मा यती एयरलाइसको विमान जुम्लामा दुर्घटना ९ जनाको मृत्यु ।
सन् २००६ मा यती एयरलाइसको विमान लुक्लामा दुर्घटना १९ जनाको मृत्यु ।
सन् २०१० मा अग्नी एयरको विमान मकवानपुरमा दुर्घटना १४ जनाको मृत्यु ।
सन् २०११ मा तारा एयरको विमान ओखलढुंगामा दुर्घटना २२ जनाको मृत्यु ।
सन् २०११ मा बुद्ध एयरको विमान लतिलतपुरमा दुघर्टना १९ जनाको मृत्यु ।
सन् २०१२ मा अग्नी एयरको विमान मुस्ताङको जोमसोममा दुर्घटना १५ जनाको मृत्यु ।
सन् २०१२ मा सीता एअरको विमान भतपुरमा दुर्घटना १९ जनाको मृत्यु ।
सन् २०१५ मा टर्किस एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति भएन ।
सन् २०१८ मा त्रिभूवन विमानस्थलमा बंगला एयरलाइन्सको दुर्घटना, ४५ जनाको मृत्यु ।
सन् २०१८ मा नुवाकोट अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना ६ जनाको मृत्यु ।
सन् २०१८ मा हुम्लाको सिमिकोट मकालु एयरको विमान, २ जनाको मृत्यु ।
सन् २०१९ मा ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु ।

सन् २०१९ मा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको थियो ।

पोखरा–जोमसोम रुटमा धेरै दुर्घटना, ११७ जनाको ज्यान गयो

पोखरा–जोमसोम हवाइ रुट सबैभन्दा असुरक्षित देखिएको छ । यो रुटमा अहिलेसम्म १० वटा विमान दुर्घटना हुँदा ११७ जनाको मृत्यु भएको तथ्यांक छ ।

२०१९ सालमा बागलुङको ढोरपाटनमा नेपाल वायुसेवा निगमको जहाज दुर्घटना हुँदा १० जनाले ज्यान गुमाए ।

सोही वर्ष नेपाल वायुसेवा निगमकै जहाज ढोरपाटनमै दुर्घटना भयो । जतिबेला ६ जनाको मृत्यु भयो ।

८ वर्षपछि २०२७ सालमा रोयल लाइट विमान जोमसोममा दुर्घटना हुँदा एकजनाले ज्यान गुमाए ।

१८ वर्षअघि २०६२ सालमा यति एयरलाइन्सको विमान लमजुङमा दुर्घटना हुँदा तीनजनाले ज्यान गुमाएका थिए ।

त्यस्तै २०५६ सालमा पनि जोमसोम रुटमै पर्ने म्याग्दीको नारच्याङमा लुम्बिनी एअरको विमान दुर्घटना हुँदा चालक दलसहित १८ जनाको ज्यान गएको थियो ।

३ भदौ २०५९ मा जोमसोमबाट पोखरा फर्किएको सांग्रिला एयरको विमान पोखरामा दुर्घटना भयो । सो दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।

२०६९ जेठ १ मा अग्नि एयरको विमान जोमसोममा दुर्घटना भएको थियो । विमानस्थल नजिकै पानी ट्यांकीमा दुर्घटना हुँदा १५ जनाले यसमा ज्यान गुमाए ।

७ वर्षअघि २०७२ फागुन १२ मा तारा एयरको विमान दुर्घटना भयो । म्याग्दीमा भएको उक्त दुर्घटनामा २३ जनाको ज्यान गएको थियो ।

२०७३ साल भदौमा तारा एयरकै जहाज धावनमार्गबाट चिप्लिएर कालीगण्डकीमा खस्यो । तर त्यतिबेला मानवीय क्षति भएन ।

२०७९ को जेठ १५ गते तरा एयरकै जहाज दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ ।

प्रायः दुर्घटनाको कारण प्राविधिक भएको बताइन्छ ।

नागरिक उड्ययन प्राधिकरणलको तथ्याङमा ९५ प्रतिशत दुर्घटना प्राविधिक कारण भनेर देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com