बैशाख ३१, काठमाडौँ । नेमकिपाको परम्परागत किल्लाको रुपमा रहेको भक्तपुर नगरपालिकामा यसपटक पनि सो पार्टीका उम्मेदवारले फराकिलो अग्रता हासिल गरेका छन् ।
जारी मतगणनामा नेमकिपाबाट मेयरका उम्मेदवार सुनिल प्रजापतिले १ हजार ८ सय ६० मत प्राप्त गरेका छन् ।
तीन वटा वडाको मतगणना हुँदा उनलाई पछ्याउँदै एमाले उम्मेदवार दोस्रो स्थानमा छन् । एमाले उम्मेदवारले ९४ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवारलाई ८२ र चौथो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवारलाई ५७ मत प्राप्त भएको छ।








प्रतिक्रिया दिनुहोस्