ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हरियो चिया पत्तीको उचित मूल्य नहुँदा किसान चिन्तित


एबीसी / संवाददाता

काठमाडौँ, २६ बैशाख । इलाममा हरियो चिया पत्तीको उचित मूल्य नहुँदा किसान चिन्तित भएका छन् । मुख्य आयस्रोत नै गुम्ने खतरा भएको इलामका नागरिकले गुनासो गरेका हुन् । इलाम भन्ने बितिक्कै चियाको राजधानी भन्ने बुझिन्छ । यहाँका अधिकाशं नागरिकको जिविकोपार्जनको मुख्य स्रोत पनि चिया खेती नै हो । तर अझै पनि किसानले चिया खेतीबाट लाभ भने खासै पाउन सकेका छैनन् ।

जिल्लाको सूर्योदय नगरपालिकामा हरियो चिया पत्तीको उचित मूल्य नपाएका चिया किसान वर्षौंदेखि पीडामा छन् । घाम पानी केही नभनी वर्षभरिनै चिया खेतीमा नै तल्लिन हुने गरे पनि नगरका अधिकांश उद्योगले बहाना बनाएर हरियो पत्तीको मूल्य निकै कम दिने गरेको उनीहरूको गुनासो छ । सूर्योदय नगरपालिकाले हरियो पत्तीको न्यूनतम मूल्य ४० रुपैयाँ तोकिदिएको थियो । नगरले ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यविधि’ नै बनाएर न्यूनतम मूल्य तोके पनि किसानले भने उक्त मूल्य पाउन सकेका छैनन् । नगरपालिकाले तयार पारेको कार्यविधिमा किसानले हरियो पत्तीको गुणस्तर कायम राख्नुपर्ने प्रावधान छ ।

जसमा हरियो पत्तीमा न्यूनतम ४० प्रतिशत सुइरो हुनुपर्ने उल्लेख छ । कार्यविधि अनुसारको सर्त पालना गराउन नियमन कार्य प्रभावकारी भएको पाइँदैन । कामदार नपाएपछि किसालने मेसिन प्रयोग गरेर चिया टिप्ने गरेका छन् । मेसिनले चिया टिपेपछि गुणस्तरहीन पत्ती आउने गरेको र फर्काउनुपर्ने बाध्यता रहेको उद्योगी बताउँछन् । लागत अनुसारको मूल्य नपाउने र बिक्री गर्न समस्या हुने गरेको किसानको गुनासो छ भने उता उद्योगीले किसानले चियाको पत्तीमा गुणस्तर कायम गर्न नसकेकोले मूल्य नपाएको दाबी गर्छन् । इलाममा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड रहेता पनि चिया किसान र उद्योगीका समस्या सधै उस्तै छन् ।

बाेर्डका अनुसार सूर्योदय नगरपालिकामा ६६ वटा चिया उद्योग रहेका छन् भने ७ हजार ५ सय किसान चिया खेतीमा आवद्ध छन् । इलाम, देउमाई र माई नगरपालिकाका साथै सन्दकपुर गाउँपालिकाको धेरै स्थानमा चिया खेती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com