ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेससँग देश विकासका लागि कुनै योजना नभएको आरोप : अध्यक्ष ओली


एबीसी / संवाददाता

काठमाडौँ, २५ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसको कडा आलोचना गर्नुभएको छ । आगामी ३० गते हुने स्थानीय निर्वाचनमा एमालेलाई मत दिने अपिलका लागि आइतबार पत्रकार सम्मेलन गर्नुभएका ओलीले कांग्रेसले कमजोर तत्वहरुलाई बोकेर उल्टो बाटो समातेको आरोप लगाउनुभयो । आफ्नो सरकार विकासको मार्गमा अघि बढिरहेको बेला कांग्रेसले ब्यवधान खडा गरेको भन्दै ओलीले देशलाई पछाडि फर्काउन कांग्रेसले कमजोर तत्वहरुलाई बोकेको आरोप लगाउनुभयो ।

कांग्रेसले लोकतन्त्र, संसदीय मूल्य मान्यता र राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गरेको आरोप पनि लगाउनुभयो । आफ्नो सरकारका सामु ताजा जनादेशका लागि जनतामा जाने बाहेक विकल्न नरहेको जिकीर गर्दै उहाँले अदालतको परमादेशबाट बनेको सरकारले देशलाई नै बन्धक बनाएको आरोप लगाउनुभयो ।

एमाले बाहेकका अन्य पार्टीहरु अन्योल र अनिश्‍चयबाट ग्रसित भएको जिकीर गर्दै ओलीले राष्ट्रिय एकता कमजोर पार्ने र देशभक्तिलाई होच्याउने कुरा एमालेलाई स्वीकार्य छैन भन्नुभयो । नेकपा एमालेले शुरु गरेका काम पूरा भए मात्रै देशमा समृद्धि आउने भन्दै उहाँले त्यसका लागि स्थानीय तहमा पनि एमालेकै सरकार आवश्यक हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com