ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्धिनीलाई सांसद बनाउन लागेपछि उपेन्द्र यादब र महन्थ ठाकुर बीच तनाव सुरु


एबीसी न्यूज
पुस ३०, २०७४ आईतबार   १ : ०४   बजे

काठमाडौं, ३० पुस । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रदेश नम्बर २ मा राजपा र संघीय समाजवादी फोरम मिलेर लडेका थिए । जसका कारण दुवै दलले सो प्रदेशमा १९ सिट जितेका थिए । प्रदेश सभामा पनि दुवै दलले बहुमत ल्याएका छन् । प्रदेश सरकार निर्माणका लागि पनि दुवै दल मिलेर जाने सहमति गरेका थिए । निकट भविष्यमै दुवै दलबीच एकता हुने बताइएको थियो । तर, प्रदेश प्रमुखको विषयलाई लिएर राजपा र संघीय समाजवादी फोरमबीच तनाव सुरु भएको छ ।

राजपा अध्यक्ष महन्थ ठाकुरले पूर्वसचिव एवं सम्धी उमाकान्त झालाई प्रदेश प्रमुख नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरेपछि फोरम अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट भएका छन् । प्रदेशसभामा आफ्नो पार्टीले बढी सांसद जितेको भन्दै प्रदेश प्रमुख आफूले सिफारिस गरेको व्यक्ति हुनुपर्ने यादवको दाबी छ । यादवले पनि पूर्वसचिव रत्नेश्वर कायस्थलाई प्रदेश प्रमुखमा सिफारिस गरेको बताइएको छ ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख नियुक्ति गर्ने बताइएको छ । सकभर दलीय सहमतिमै प्रदेश प्रमुख तोक्ने प्रधानमन्त्री देउवाको तयारी छ । तर, प्रदेश प्रमुख कसलाई तोक्ने भन्ने विषयले भने दुवै मधेसवादी दलमा विवाद सुरु भएको छ ।

ठाकुरले सिफारिस गरेका झा खिलराज रेग्मी सरकारमा मन्त्री बनेका थिए । ठाकुरले आफ्नी सम्धिनी इन्दा झालाई समानुपातिक सांसद र सम्धिलाई सांसद बनाउन लागेपछि राजपाभित्र तीव्र विवाद सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group