ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेन रुससँग वार्ता गर्न तयार


एबीसी / संवाददाता

काठमाडौँ, ८ बैशाख । युक्रेन रुससँग वार्ता गर्न तयार भएको छ । युक्रेनी र रुसबीच युद्ध जारी भएको आज ५७ दिन पूरा भएको छ । रुसले लगातार युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि आह्वान गरिरहेको छ । युक्रेनी सैनिकले ठूला हतियारको अभावमा रुसी आक्रमणका सामु टिक्न मुश्किल भईरहेको समेत बताइरहेका छन् ।

युक्रेनले मध्यस्थकर्ताहरु मार्फत वार्ताका लागि प्रस्ताव पठाएको छ । पछिल्लो समय रुसी आक्रमणको निशाना बनेको दक्षिणी युक्रेनको मारियुपोल शहर रुसी कब्जामा जाने संघारमा पुगेका बेला युक्रेनले रुस समक्ष वार्ताको प्रस्ताव पठाएको हो।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सर्वसाधारणलाई शहरबाट बाहिर निकाल्ने उदेश्यले रुसी युद्धबन्दीहरुलाई रिहा गर्ने प्रस्ताव पठाएको बताइएको छ ।

युक्रेनी प्रस्तावमा रुसले पनि कुनै प्रतिक्रिया जनाइसकेको छैन । मारियुपोल शहरमा हजारौं सर्वसाधारण फसेको अनुमान गरिएको छ । एउटा स्टिल कारखानाभित्र शरण लिएका सर्वसाधारण मात्रै एक हजार भन्दा बढी रहेको रेडक्रस लगायत संस्थाहरुले जनाएका छन् । सोही कारखाना बाहिर युक्रेनी सेनापनि भिडिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com