ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नथुनियाले खुवाए डा. केसीलाई जुस, तोडियो अनशन


एबीसी न्यूज
पुस २९, २०७४ शनिबार  १२ : १८ बजे

काठमाडौं, २९ पुस । गत सोमवार देखी अनशनरत डा. गोविन्द केसीले १४ औँ पटकको अनशन तोडेका छन् । शिक्षण अस्पतालको गेटमा जुत्ता सिलाउने नथुनिया मोतीको हातबाट जुस पिएर डा. केसीले अनशन तोडेका हुन । शुक्रबार बेलुका स्वास्थ्य मन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग ५ बुँदे सहमति गरेर डा. केसी अनशन तोड्न सहमत भएका थिए।

सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डिनमा शशी शर्मालाई पुनर्वहाली गर्ने फैसला गरेपछि डा. केसी प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै गएको सोमबारदेखि अनशन मा थिए । अनसन तोड्ने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानन्यायाधीश पराजुलीले राजीनामा नदिए फेरि अनशन बस्ने बताएका छन् ।

डा. केसी र सरकारबिच चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति एक हप्ताभित्र गठन गर्ने, चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने, आइओएमको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यस अगाडि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिविका कुलपतिले जटिसक्दो छिटो कदम चाल्ने लगायत पाँच बुँदे सहमति भएपछि डा. केसी अनशन तोड्न सहमत भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

सम्बन्धित

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com