
काठमाडौं, २८ पुस । मन्त्रिपरिषदुको आज बसेको बैठक पनि प्रदेश प्रमुख र अस्थायी राजधानी कहाँ तोक्ने भन्नेबारे ठोस निर्णय नलिई टुङ्गिएको छ । दलहरुबीच सहमति बन्न नसक्दा अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने काम अनिश्चित बनेको छ ।
यसअघि आज बस्ने बैठकले प्रदेश प्रमुख र उच्च अदालत भएका ठाउँमा प्रदेश सभाको पहिलो बैठक बस्न मुकाम तोक्ने बताइएको थियो । तर आजको बैठकले त्यसबारे निर्यण नगरेकोे सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ताले बताएका छन् ।







प्रतिक्रिया दिनुहोस्