ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यूएईसँग नेपाल ४८ रनले पराजित


एबीसी / संवाददाता

काठमाडौँ, ४ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ । दुबईमा शुक्रबार खराब ब्याटिङलाई निरन्तरता दिएपछि नेपाल आयोजक युएईसँग ४८ रनले पराजित भएको हो । युएईले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २० रनमा समेटियो।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । ६० बलमा ४ चौका प्रहार गरेका रोहित अर्धशतकबाट ४ रनले चुके । रोहित अर्धशतकबाट मात्र चुकेनन्, उनी नेपालको लागि एकदिवसीयमा सर्वाधिक अर्धशतक बनाउने खेलाडीको कीर्तिमानबाट समेत चुके । खराब सुरुवात गरेको नेपाललाई रोहित र ज्ञानेन्द्र मल्लको साझेदारीले उकास्ने प्रयास गरेको थियो । ज्ञानेन्द्र मल्ल २८ रनमा आउट हुँदा ओपनर कुशल भुर्तेलले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । करन केसी ६, आसिफ शेख ७, दिपेन्द्र सिंह ऐरी ४, सोमपाल कामी ६, सन्दीप लामिछाने ७ रन बनाउँदा आरिफ शेख र कमल सिंह ऐरी शुन्यमा आउट भए । यूएईको जितमा बसिल हमिदले ४ तथा जुनेद सिद्दिकीले ३ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४६ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६८ रन बनाएको थियो । यूएईका रिजवान सीपी र रोहन मुस्तफाले समान ४०र४० रन बनाए । ओपनर मुहमद वसिमले २१ रन जोड्दा कासिफ दाउदले १८, बसिल हमिदले १४ तथा अहमेद राजाले १३ रन बनाए ।

यूएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले ४ विकेट लिए । यस्तै करण केसीले ३ तथा सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान १/१ विकेट लिए । यस सिरिजमा नेपालको यो पहिलो हार हो । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो । युएईको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा युएईले पीएनजीलाई नै ७ विकेटले हराएको थियो । अब नेपालले तेस्रो खेलमा युएईविरुद्ध नै सोमबार प्रतिस्पर्धा गर्नेछ । नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मंगलबार खेल्नेछ । लिग टु मा कुल ७ टिम सहभागि रहेका छन् । नेपालले १० खेलमा १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । यूएई भने १६ खेलमा ९ जित निकाल्दै २० अंकका साथ दोस्रो स्थानमा छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com