ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाललाई यूएईले दियो १६९ रनको लक्ष्य, सोमपालको ४ विकेट


एबीसी / संवाददाता
चैत्र ४, २०७८ शुक्रबार   ३ : १८   बजे

काठमाडौँ, ४ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टूमा युएईले नेपाललाई १६९ रनको लक्ष्य दिएको छ । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएई ४६.३ ओभरमा १६८ रनमै अलआउट भएको हो । सोमपाल कामीले पावर प्ले भित्रै ३ विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । युएईका लागि मध्यक्रमका सीपी रिजवान र रोहन मुस्ताफाले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि नेपाली बलरले पुनरागमन गरे ।

नेपाली तीव्र बलर सोमपाल कामीले युएईका शीर्षक्रमका तीन ब्याटरलाई आउट गरे । सोमपालले चौथो ओभरमा ओपनर चिराग सुरीलाई ६ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आसिफशेखबाट क्याच आउच गराए थिए भने ५.१ ओभरमा भृत्य अरविन्दलाई ३ रनको व्यक्तिगत स्कोरमा आसिफबाटै क्याचबउट गराए । ९.१ ओभरमा सोमपालले तेस्रो विकेट लिने क्रममा अर्का ओपनर मोहम्मद वासिमलाई ज्ञानेन्द्र मल्लबाट क्याचआउट गराए । वासिम २१ रन बनाएर आउट भए । युएईले पावर प्लेमा ३ विकेट गुमाएर ३५ रन मात्र जोडेको थियो । त्यसपछि ११औं ओभरको तेस्रो बलमा करण केसीले २ रन बनाएका आसिफ खानलाई आउट गराएपछि युएई ३५-४ को स्थितीमा पुगेको थियो । नेपालले १९ ओभरसम्म तीन तिव्र गतिका बलर प्रयोग गरेको थियो । तर सीपी रिजवान र रोहन मुस्ताफाले पाँचौ विकेटका लागि २३ ओभरमा ७७ रनको साझेदारी गरे । दुवैले ४०-४० रन बनाए । मुस्ताफाले २ चौका र १ छक्का समेत प्रहार गरे । सीपी रिजवानलाई ३४औं ओभरमा कप्तान सन्दीप लामिछानेले आसिफ शेखबाट क्याचआउट गराए भने मुस्ताफालाई ३९औं ओभरमा दीपेन्द्र सिंह ऐरीले बोल्ड गरे ।

त्यसपछि सागर ढकालले बसिस हमिदलाई ४१औं ओभरमा ज्ञानेन्द्र मल्लबाट क्याचबउट गराउँदै ओडीआईमा डेब्यु विकेट लिए । हमिदले १४ रन बनाए । कासिफ दाउदले १८ रन जोडे । कासिफलाई सोमपालले ४६औं ओभरमा कुशल भुर्तेलबाट क्याचआउट गराएका हुन् । कप्तान अहमेद राज १३ रन बनाएर आउट भए । उनलाई करण केसीले दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराए । बलिङमा नेपालका लागि सोमपाल कामीले ९ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए । यस्तै किफायती बलिङ गरेका करण केसीले ७.३ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चिएर १ विकेट लिए । दीपेन्द्रले १० ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । सागरले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

विश्वकपमा नेदरल्यान्ड्सको सानदार जितः स्वीडेन ५–१ ले पराजित– गाक्पो र ब्रोबीको दुई–दुई गोल

जर्मनी विश्वकपको नकआउट चरणमाः तनावपूर्ण खेलको नायक बने डेनिज उन्दाभ

विश्वकप फुटबलमा कुराकाओ र इक्वेडरले बराबरी खेले

विश्वकप २०२६ : नेदरल्यान्ड्स र जर्मनीको प्रभावशाली जित, डचटोलीको पाँचतारे प्रदर्शन, स्विडेन स्तब्ध

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group