ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पिएनजीले नेपाललाई दियो २०५ रनको लक्ष्य


एबीसी / संवाददाता
चैत्र २, २०७८ बुधबार   ३ : ०२   बजे

काठमााडौँ, २ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृङ्खलामा पपुवा न्यु गिनी (पीएनजी) ले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ । शारजहाँमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनाएको हो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए ।

ओपनरद्वय टोनी उरा र लेगा सिएकाले पहिलो विकेटका लागि अर्धशतकिय साझेदारी गरेका थिए । आरिफ शेखले दशौँ ओभरमा २७ रन बनाएका उरालाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराउदै ५१ रनको साझेदारी तोडेका थिए ।
यसै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तानी डेब्यु गरेका सन्दीप लामिछानेले १३औं ओभरमा अर्का ओपनर लेगा सिएकालाई बोल्ड गर्दै नेपाललाई अर्को सफलता दिलाएका थिए । सिएकाले २५ रन जोडे । त्यसपछि कप्तान असद भाला र चार्ल्स अमिनीले इनिङ्स सम्हाल्ने प्रयास गरे । तर यी दुईबीचको ३५ रनको साझेदारी नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २४औं ओभरमा तोडे । भालाले १९ रन बनाए । ज्ञानेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो विकेट लिएका हुन् ।

अर्को ओभरमा हिरी हिरी खाता नखोल्दै आउट भएपछि पीएनजीले ९१ रनमा चौथो विकेट गुमायो । त्यसपछि पाँचौ विकेटका लागि अमिनी र चार्ड सोपरले ७४ रनको साझेदारी गरे । ४५ औं ओभरमा सोमपाल कामीले अमिनीलाई आउट गर्दै साझेदारी तोडेका थिए । त्यसपछि चार्ड सोपर ३५ र नोर्मन भानुअ २३ रन बनाएर आउट भए । नेपालका लागि सोमपाल कामीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । आरिफ शेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले १-१ विकेट लिए । यस्तै दीपेन्द्र सिंह ऐरीले किफायती बलिङ गर्दै १० ओभरमा २६ रन मात्र खर्चिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group