ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा र स्वास्थ्यको क्षेत्रमा अझै संघीयता लागू हुन सकेन : दीनानाथ शर्मा


एबीसी / संवाददाता
चैत्र १, २०७८ मंगलबार   ६ : ३९   बजे

काठमाडौँ, १ चैत । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले शिक्षा र स्वास्थ्यको क्षेत्रमा अझै संघीयता लागू हुन नसकेको बताउनुभयो । उहाँले २०२८ सालको शिक्षा ऐनले २०७८ सालमा नेतृत्व गर्न नसक्ने भन्दै गुणात्मक रुपमा, नीतिगत रुपमा शिक्षा ऐन नभएसम्म देशको विकास हुन नसक्ने बताउनुभयो । नेता शर्माले अहिलेका शिक्षामन्त्री देवेन्द्र पौडेल र मन्त्रालय नयाँ ऐन बनाएर अघि बढ्नुपर्ने ठाउँमा पुरानै शिक्षा नीतिमा रमाइरहेको आरोप लगाउनुभयो ।

नेता शर्माले भन्नुभयो, ‘शिक्षा र स्वास्थ्यमा संघीयता लागू भएको छैन । सबैभन्दा पहिला शिक्षा र स्वास्थ्यलाई कसरी सुधार्न सकिन्छ, कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुराहरुको छलफल हुन आवश्यक छ । शिक्षा र स्वास्थ्यमा संघीयता कार्यान्वयन गर्न यो समितिले महत्वपूर्ण भुमिका खेल्नुपर्छ । प्रश्न उठाउनुपर्छ । अहिलेसम्म पनि २०२८ सालको शिक्षा ऐनलाई बोकेर हामी हिँडिरहेका छौँ । गुणात्मक रुपमा, नीतिगत रुपमा पोलिसि सिफ्ट नभएसम्म शिक्षा र स्वास्थ्यमा संघीयता लागू हुन सक्दैन ।  २०२८ सालको ऐनले २०७८ सालमा कन्भर्ट गर्न ०७८ सालको नेतृत्व गर्न सम्भव छैन । अहिले जसरी लथालिङ्ग र शिक्षामा अव्यवस्था छ, ०४६ सालमा पनि बिस्थापित गर्न प्रयत्न गरेनौँ । त्यसैलाई बोकेर हिँड्यौँ । हाम्रै पार्टीको साथी शिक्षामन्त्री हुनुहुन्छ, अहिले पनि म देख्छु, शिक्षा मन्त्रालयले त्यो ऐनलाई कसरी अघि बढाउने, शिक्षा मन्त्रालयको प्रशासन लगायत सबैले त्यसलाई निकास दिने भन्दा पनि त्यसैमा वरिपरि यथास्थितिमा नै रमाउने स्थिति छ र स्वास्थ्यको अवस्था पनि त्यही नै हो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group