ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले रुसलाई सहयोग गरे गम्भीर परिणाम भोग्नुपर्ने अमेरिकाको चेतावनी


एबीसी / संवाददाता
चैत्र १, २०७८ मंगलबार   १ : १९   बजे

काठमाडौँ, १ चैत । युक्रेन युद्धमा फसेको रुसलाई चीनले सहयोग गर्नसक्ने सूचना पाएको भन्दै अमेरिकाले त्यस्तो गल्ति नगर्न चीनलाई चेतावनी दिएको छ । अमेरिकी गुप्तचर अधिकारीहरुले रुसको आग्रह अनुसार चीनले रुसी सेनाका लागि नबिग्रने सामग्री तथा तयारी खानेकुरा उपलब्ध गराउनसक्ने सूचना दिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी चिनफिङलाई त्यस्तो गल्ती गरे चीनका लागि महंगो पर्ने चेतावनीयुक्त सन्देश दिनुभएको जनाइएको छ ।

अमेरिकी डिप्लोम्याटिक केवलमा प्राप्त सूचना भन्दै सीएनएनले चीनले रुसलाई सैन्य तथा आर्थिक सहयोग पनि उपलब्ध गराउन सक्ने खबर दिएको छ । त्यस्तै न्युयोर्क टाइम्स र द फाइनान्सियल टाइम्सले रुसले चीनसँग सैन्य तथा वित्तिय सहयोग माग गरेको दावी गरेका छन् । चीनले भने रुसले आफूसँग कुनै सहयोग नमागेको भन्दै अफवाह मात्रै फैलाइएको बताएको छ । अमेरिकाले भने नाटो गठबन्धनमा रहेका देशहरुलाई चीनले रुसलाई सैन्य सहयोग दिने तयारी गरेको भन्दै सचेत गराएको छ । इटलीको रोममा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलिभन र चीनका शीर्ष कूटनीतिज्ञ तथा पूर्व विदेशमन्त्री याङ चिएचीबीच भएको ५ घण्टा लामो बैठकमा पनि यो विषयमाथि छलफल भएको जनाइएको छ ।

उता, युद्धकैबीच रुस र युक्रेन युद्धकाबीच सोमबार सुरु भएको चौथो चरणको वार्ता मंगलबार पनि जारी रहने भएको छ । सोमबारको वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न नसकेका कारण आज (मंगलबार) पुनः वार्ता हुन लागेको हो ।
वार्ता चलिरहे पनि रुसले युक्रेनका विभिन्न शहरमा आक्रमण भने जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group