ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छः महान्यायाधिवक्ता खाती


एबीसी / संवाददाता

काठमाडौँ, १ चैत । महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयको छवि उच्च राख्नका लागि कानुन व्यवसायी आफ्नो पेसाप्रति इमान्दार हुनुपर्ने बताउनुभएको छ । नेपाल कानुन व्यवसायी परिषद्ले आयोजना गरेको २९ औँ पूर्वव्यावसायिक आधारभूत तालिम आज शुभारम्भ गर्दै उहाँले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका बनाउनका लागि कानुन व्यवसायी इमान्दार हुनुपर्नेमा जोड दिनुभएको हो ।

“कानुन व्यवसायीले पेशागत निष्ठाभन्दा अरु केही गर्न हुँदैन”, महान्यायाधिवक्ता खालीले भन्नुभयो, “न्यायालयको छवि उच्च राख्न र पेसागत सुरक्षाका लागि विचलित नभइकन कानुन व्यवसायीले काम गर्नुपर्छ ।” नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय स्वच्छ र निष्पक्ष बनाउन कानुन व्यवसायी निर्भिक भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले न्यायापालिकालाई स्वतन्त्र, सक्षम र निष्पक्ष बनाउनका लागि बारले निरन्तर आवाज उठाइरहेको छ भन्नुभयो । सो अवसरमा महान्यायाधिवक्ता खातीले नवोदित कानुन व्यवसायीका लागि उपयोगी हुने हाते पुस्तक सार्वजनिक गर्नुभएको थियो । बार काउन्सिलले प्रकाशन गरेकोे उक्त पुस्तक उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्मा, वरिष्ठ अधिवक्ता तथा नेपाल कानुन व्यवसायी परिषद्का सदस्य डा चन्द्रकान्त ज्ञावली र अधिवक्ता पूजा भण्डारीले तयार गर्नुभएको हो ।

उक्त पुस्तकमा व्यावहारिक मस्यौदा, सीप, सेवाग्राहीसँग परामर्श, बहस कला तथा कानुन व्यवासायीको आचार संहितालागयत विषय समावेश गरिएको छ । तालिममा एकहजार एकसय तीन नवोदित कानुन व्यवसायी सहभागी छन् । बार काउन्सिलको तथ्याङ्कअनुसार हाल २० हजार कानुन व्यवसायी क्रियाशिल छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com