ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खराब ब्याटिङका कारण नेपाल पराजित


एबीसी / संवाददाता

काठमाडौँ, २७ फागुन । श्रीलंकाका स्टार खेलाडी सम्मीलित श्रीलंका संयुक्त-११ विरुद्ध नेपाल पराजित भएको छ । श्रीलंका भ्रमणमा रहेको नेपाल आफ्नो अन्तिम अभ्यास खेलमा श्रीलंका संयुक्त-११ संग ९२ रनले पराजित भएको हो । २ सय ३३ रनको लक्ष्य पन्छ्याएको नेपाल ३५ ओभर २ बलमा १ सय ४० रन बनाउंदा अल आउट भयो । नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए ।

धरासायी बनेको नेपालको इनिङलाई मल्लले उकास्ने प्रयास गरेका थिए । मल्ल आउट भएसंगै नेपाल पुन: कमजोर बनेको थियो । कुशल भुर्तेलले ३२ रन बनाउंदा रोहित कुमार पौडेलले २१ रनको योगदान गरे । यस्तै आरिफ शेखले १३, सोमपाल कामीले ८, आसिफ शेखले ५, दिपेन्द्र सिंह ऐरीले २ रन, बिनोद भण्डारी र सगर ढकालले समान १र१ रन बनाउंदा बिक्रम सोब डक आउट भए । सन्दीप लामिछाने भने खाता नखोली अविजित रहे । श्रीलंका संयुक्त-११ का एस दक्सिनाले ३ तथा दिलसान मुनविराले २ विकेट हात पारे ।

यसअघि नेपालले खेलेको तीन अभ्यास खेलमा सहज जित हात पारेको थियो । नेपालले यसअघि श्रीलंका पुलिस र श्रीलंका नेभीसंग अभ्यास खेल खेलेको थियो । नेपालले आईसीसी विश्वकप लिग दुई अन्तर्गतको सिरिजको लागि तयारी स्वरुप श्रीलंका भ्रमण गरेको हो । नेपालले आगामी इसिरिज यूएईमा खेल्दै छ । अब नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छन् । नेपालले लिग दुई अन्तर्गतको आफ्नो तेस्रो सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com