ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयात निरुत्साहन गर्ने नीतिले विदेशी मुद्राको सञ्चितिमा सुधार


एबीसी / संवाददाता
फाल्गुन २७, २०७८ शुक्रबार  ४ : ३९ बजे

काठमाडौँ, २७ फागुन । सरकारले लिएको आयात निरुत्साहित गर्ने नीतिले विदेशी मुद्राको सञ्चिति र सञ्चिति पर्याप्तता सूचकमा सुधार भएको छ । यसको मतलव वस्तु तथा सेवा आयातका लागि पुग्ने विदेशी विनिमय सञ्चिति अघिल्लो महिनाको तुलनामा बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को सात महिना (साउन-माघ) को आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको छ । यसअनुसार नेपाल राष्ट्र बैंकसँग विदेशी विनिमय सञ्चिति १०२४ अर्ब ६० करोड रुपैयाँ छ ।

नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग यस्तो सञ्चिति १५४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । यो रकमले ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ । अघिल्लो महिनासम्म ६.६ महिनाको मात्र वस्तु तथा आयात धान्न सक्ने क्षमता रहेकोमा विदेशी मुद्राको सञ्चितिमा सुधार भएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । माघ मसान्तसम्मको सञ्चिति गत असार मसान्तको तुलनामा भने १७.७ प्रतिशतले कमी आएको हो । असार मसान्तसम्म नेपाल राष्ट्र बैंकसँग मात्र सञ्चिति १२४४ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री पोखरेललाई

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागेको छ, आलोपालो हुँदैन– रवि लामिछाने

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

बालुवाटार निवासमा बालेनले गरे पूजा (तस्वीरहरू)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com