ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गैरआवासीय नेपाली संघको विवाद चरमोत्कर्षमा पुग्यो


एबीसी / संवाददाता

काठमाडौँ, २३ फागुन । गैरआवासीय नेपाली संघ, एनआरएनएको विवाद चरमोत्कर्षमा पुगेको छ । एकले अर्को पक्षलाई निषेध र दोषारोपण गर्ने क्रम जारी छ । यसैक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समितिले कारबाही गरेका संरक्षक परिषद् र उच्चस्तरीय समितिलाई पूर्ववत् काम गर्न अर्को पक्षले आग्रह गरेको छ । राष्ट्रिय समन्वय परिषद्, एनसीसीका अध्यक्षहरूले दुवै समितिलाई यथावत काम गर्न भनेका हुन् ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरू शेष घले र देवमान हिराचनले बोलाएको बैठकले चार बुँदे प्रस्ताव पारित गर्दै संरक्षक परिषद् र उच्चस्तरीय समितिलाई पूर्ववत् रुपमा काम गर्न आह्वान गरेको हो । बैठकमा गत वर्ष चुनाव भएका ६५ मध्ये ४५ भन्दा बढी एनसीसीका अध्यक्ष तथा पदाधिकारी सहभागी भएको दावी गरिएको छ । बैठकमा संघका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक डा। शेष घलेले एनसीसीलगायत सबैलाई एकताबद्ध र बलियो एनआरएनए बनाउन आग्रह गर्नुभयो । संस्थाभित्र भत्किएको एकता र सम्बन्धलाई फेरि पुनर्जीवन दिनुपर्ने भन्दै उहाँले संस्थालाई एकजुट गर्न आफूहरुले छिट्टै कदम चाल्ने उल्लेख गर्नुभयो । अर्का पूर्वअध्यक्ष देवमान हिराचनले संघको वर्तमान स्थिति अत्यन्तै चिन्तापूर्ण रहेको भन्दै व्यक्तिगत स्वार्थका लागि बनेको संस्था नभएकाले सबै मिलेर संस्थालाई बचाउनु पर्ने धारणा राख्नुभयो । संघका सल्लाहकार कुल आचार्यले अहिले सत्य र असत्यबीचको लडाइँ चलेको भन्दै उच्चस्तरीय समिति र संरक्षक परिषद् खारेजीको निर्णयले संस्थालाई विभाजनतर्फ धकेलेको टिप्पणी गर्नुभयो ।

एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले अन्तर्राष्ट्रिय समन्वय परिषद्को मार्च २ को बैठकले संरक्षक परिषद् तथा उच्चस्तरीय समिति भंग गर्न गरेको निर्णय विधान विपरीत भएको उल्लेख गर्नुभयो । एनसीसी जापान, अमेरिका, बेलायत, क्यानाडा र अष्ट्रेलियालाई शुल्क नतिरे भंग गर्ने भनी पत्राचार गरिएकोमा पनि उहाँको आपत्ति थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com