ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेयर बजारमा गिरावट


एबीसी / संवाददाता

काठमाडौँ, २२ फागुन । आइतबार शेयर बजारमा गिरावट आएको छ । अघिल्लो साताको बुधबारदेखि ओरालो लागेको नेप्से परिसूचक छैँटौ दिनसम्म पनि निरन्तर रुपमा गिरावट आएको हो ।

आइतबार नेप्से परिसूचक ३.६६ अंक घटेर २ हजार ५४३.३९ विन्दुमा झरेको छ । नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स १.३१ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०४ अंक घटेको छ । आइतबार कारोबारमा आएका २३० कम्पनीको ५१ लाख ३९ हजार कित्ता शेयर २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै पछिल्लो समय कारोबार रकममा समेत गिरावट आइरहेको छ । नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी १.२४ प्रतिशत बढेको छ । अन्य उपसमूहको परिसूचक ०.८५ प्रतिशत, बैंकिङ्गको ०.२ प्रतिशत र होटल उपसमूहको ०.०५ प्रतिशत बढेको छ । तर उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने सबै भन्दा बढी १.२४ प्रतिशतले गिरावट आएको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि मैलुङ्ग खोला जलविद्यत कम्पनीको शेयरमूल्य सबैभन्दा बढी ७.८० प्रतिशत बढेको छ । त्यस्तै, सामलिङ्ग पावर कम्पनी र नेपाल ल्यूब आयलको शेयरमूल्य ४ प्रतिशत बढेको छ । यता, शिवम् सिमेन्टको शेयरमूल्य सबैभन्दा बढी ७.११ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आइतबार १५ करोड २२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । नेपाल लाइफको १४ करोडभन्दा बढीको शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com