ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण अफ्रिकी राष्ट्र बोत्स्वानासँग व्यापार साझेदारी गर्न नेपाल चेम्बरको प्रस्ताव


एबीसी / संवाददाता
फाल्गुन १९, २०७८ बिहीबार  ४ : ५७ बजे

काठमाडौँ, १९ फागुन । नेपाल चेम्बर अफ कमर्सले अफ्रिकी राष्ट्र बोत्स्वानासँग व्यापार साझेदारी गर्न प्रस्ताव गरेको छ । नेपालका लागि बोत्स्वानाका राजदूत जिल्बर्ट एस म्याङगोलसँग जमलस्थित चेम्बर भवनमा बिहीबार भएको भेटवार्तामा व्यापारिक सहकार्य गर्न चेम्बरले आग्रह गरेको हो । उदयमान अर्थतन्त्र भएको बोत्स्वानाबाट हिराको कच्चा पदार्थ ल्याएर नेपालमा प्रशोधन मार्फत पुन: निर्यातको सम्भावना रहेकाले पहल गर्न चेम्बर अध्यक्ष राजेन्द्र मल्लले राजदूत म्याङगोलसँग आग्रह गर्नुभएको छ ।

हिरा, तामालगायत वस्तुको निर्यातका लागि बोत्स्वाना विश्वमै प्रख्यात मानिन्छ । नेपाल र बोत्स्वानाबीच भौगोलिक दुरी टाढा भएपनि व्यापारिक माध्यमबाट आर्थिक गतिविधि बढाउन सकिने अध्यक्ष मल्लले बताउनुभयो। नेपाल र बोत्स्वानाबीच सन् २००९ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । भौगोलिक तथा शासकीय दृष्टिकोणले पनि नेपाल र बोत्स्वाना समान भएकाले दुई पक्षीय लगानी, व्यापार, पर्यटन जस्ता क्षेत्रमा सहकार्य गर्न अध्यक्ष मल्लले राजदूत म्याङगोलसँग आग्रह गर्नुभयो । जलविद्युत, भौतिक पूर्वाधार तथा सेवा क्षेत्रमा लगानी र निजी क्षेत्रबीच व्यापार सहजीकरणका लागि पनि अध्यक्ष मल्लले राजदूत म्याङगोल समक्ष आग्रह गर्नुभयो । नेपालको हस्तकलाका सामानहरु, पस्मिना, जडिबुटी तथा चियाको माग विश्वमै उच्च रहेकाले बोत्स्वानामा पनि निर्यात गर्न चाहेको अध्यक्ष मल्लले बताउनुभयो ।

हिमालयको देश नेपाल पर्यटनका दृष्टिकोणले समेत उच्च रहेकाले दुई मुलुकबीच पर्यटकीय गतिविधि वढाउन सकिने अध्यक्ष मल्लको भनाई छ । जवाफमा राजदूत म्याङगोलले नेपालमा व्यापार सम्भावनाको खोजी गर्न आफुले पहल गर्ने बताउनुभयो ।

यस्तै राजदूत म्याङगोलले लगानीको सम्भावना तथा व्यापार सहजीकरणका लागि आफुले पहल गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ । नेपालबाट निर्यात योग्य वस्तुहरुको बजारीकरणका लागि आफ्नो मुलुकका निजी क्षेत्रसंग उच्चस्तरीय भेटवार्ताको पहल गर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री पोखरेललाई

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागेको छ, आलोपालो हुँदैन– रवि लामिछाने

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

बालुवाटार निवासमा बालेनले गरे पूजा (तस्वीरहरू)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com