ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यौपानेद्वारा नेशनल प्याब्सनको अध्यक्षको उम्मेदवारी घोषणा


एबीसी / संवाददाता
फाल्गुन १८, २०७८ बुधबार  ६ : ४८ बजे

काठमाडौँ, १८ फागुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (एन प्याब्सन) को सातौँ महाअधिवेशनमा वर्तमान महासचिव सुवास न्यौपानेले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वर्तमान महासचिव न्यौपानेले घोषणा गर्नुभएको हो । यही फागुन २२ देखि २३ गते दुई दिनसम्म बाँकेको नेपालगन्जमा आयोजना हुने सातौँ राष्ट्रिय महाअधिवेशनमा निजी विद्यालयलाई सुदृढ र संगठित बनाउन आफूले उम्मेदवारी घोषणा गरेको जानकारी गराउँदै न्यौपानेले उम्मेदवारी घोषणासँगै १३ बुँदे धारणा सार्वजनिक समते गर्नुभएको छ । उहाँले निजी विद्यालयको हक हित संरक्षण गर्न, सीपमूलक र जीवनोपयोगी शिक्षा उपलब्ध गर्न, निजी विद्यालयको समस्या र शैक्षिक मुद्दालाई तार्किक ढंगले अघि बढाउन सेवामूलक र व्यावसायिक संस्थाको रूपमा विकास गर्न, संस्थागत विद्यालयका शिक्षक, कर्मचारी र लगानीकर्ताको हक हित संरक्षण गर्न आफूले उम्मेदवारी घोषणा गरेको दावी गर्नुभयो । उहाँले निजी र सामुदायिक शैक्षिक संस्थाहरूबिचको सम्बन्धलाई पथ मजबुत बनाउन, शिक्षण सिकाइलाई व्यावसायिक विकासमा आबद्ध गराउन, राज्यप्रति दायित्व बढाउन, प्राकृतिक प्रकोप र अन्य विपद् पर्दा स्थापना गरिएको प्राकृतिक विपद् कोषलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँ लामो समयसम्म एन प्याससनको उपल्लो पदमा बसिसकेको हैसियतमा आफू अध्यक्षको उम्मेदवारका लागि योग्य भएको बताउनुभयो ।

एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले महाअधिवेशनमा देशभरका २ हजार ५ सय ६२ विद्यालयबाट करिब १ हजार ५ सय प्रतिनीधि सहभागिता जनाउने बताउनुभयो । महाअधिवेशनले ११ पदाधिकारी सहित ३५ जनाको कार्यसमिति चयन गर्नेछ । अध्यक्ष सापकोटाले सबैको सहमतिमा नयाँ नेतृत्व चयन गर्ने विषयमा छलफल भैसकेको बताउनुभयो । उम्मेदवारी घोषणा कार्यक्रममा पुर्व अध्यक्ष एवं प्रमुख सल्लाहका कर्ण बहादुर शाही, उपाध्यक्ष श्यामसिंक मौली र कोषाध्यक्ष प्रताप थापाले अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएका न्यौपानेलाई शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

सम्बन्धित

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

लेबननमा भएको आक्रमणमा तीन जना शान्ति सैनिकको मृत्यु

कांग्रेस विभाजनको बाटोमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com