ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यौपानेद्वारा नेशनल प्याब्सनको अध्यक्षको उम्मेदवारी घोषणा


एबीसी / संवाददाता

काठमाडौँ, १८ फागुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (एन प्याब्सन) को सातौँ महाअधिवेशनमा वर्तमान महासचिव सुवास न्यौपानेले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वर्तमान महासचिव न्यौपानेले घोषणा गर्नुभएको हो । यही फागुन २२ देखि २३ गते दुई दिनसम्म बाँकेको नेपालगन्जमा आयोजना हुने सातौँ राष्ट्रिय महाअधिवेशनमा निजी विद्यालयलाई सुदृढ र संगठित बनाउन आफूले उम्मेदवारी घोषणा गरेको जानकारी गराउँदै न्यौपानेले उम्मेदवारी घोषणासँगै १३ बुँदे धारणा सार्वजनिक समते गर्नुभएको छ । उहाँले निजी विद्यालयको हक हित संरक्षण गर्न, सीपमूलक र जीवनोपयोगी शिक्षा उपलब्ध गर्न, निजी विद्यालयको समस्या र शैक्षिक मुद्दालाई तार्किक ढंगले अघि बढाउन सेवामूलक र व्यावसायिक संस्थाको रूपमा विकास गर्न, संस्थागत विद्यालयका शिक्षक, कर्मचारी र लगानीकर्ताको हक हित संरक्षण गर्न आफूले उम्मेदवारी घोषणा गरेको दावी गर्नुभयो । उहाँले निजी र सामुदायिक शैक्षिक संस्थाहरूबिचको सम्बन्धलाई पथ मजबुत बनाउन, शिक्षण सिकाइलाई व्यावसायिक विकासमा आबद्ध गराउन, राज्यप्रति दायित्व बढाउन, प्राकृतिक प्रकोप र अन्य विपद् पर्दा स्थापना गरिएको प्राकृतिक विपद् कोषलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँ लामो समयसम्म एन प्याससनको उपल्लो पदमा बसिसकेको हैसियतमा आफू अध्यक्षको उम्मेदवारका लागि योग्य भएको बताउनुभयो ।

एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले महाअधिवेशनमा देशभरका २ हजार ५ सय ६२ विद्यालयबाट करिब १ हजार ५ सय प्रतिनीधि सहभागिता जनाउने बताउनुभयो । महाअधिवेशनले ११ पदाधिकारी सहित ३५ जनाको कार्यसमिति चयन गर्नेछ । अध्यक्ष सापकोटाले सबैको सहमतिमा नयाँ नेतृत्व चयन गर्ने विषयमा छलफल भैसकेको बताउनुभयो । उम्मेदवारी घोषणा कार्यक्रममा पुर्व अध्यक्ष एवं प्रमुख सल्लाहका कर्ण बहादुर शाही, उपाध्यक्ष श्यामसिंक मौली र कोषाध्यक्ष प्रताप थापाले अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएका न्यौपानेलाई शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com