ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ह्विलचियरका लागि बाटो, हाम्रो अधिकार’ भन्ने मूलनाराका साथ ह्विलचियर दिवस मनाइयो


एबीसी / संवाददाता

बनेपा, १७ फागुन । ‘ह्विलचियरका लागि बाटो, हाम्रो अधिकार’ भन्ने मूलनाराका साथ आज चौधौँ अन्तर्राष्ट्रिय स्पाइनल इञ्जरी दिवस विभिन्न कार्यक्रम गरी मनाइयो । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१३ भैँसेपाटीस्थित स्पाइनल इञ्जरी पुनःस्थापना केन्द्रले आज यहाँ ह्विलचियर र्‍याली तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो ।

सो अवसरमा केन्द्रका सञ्चालक कनकमणि दीक्षितले ह्विलचियरमैत्री नेपाल बनाउनका लागि सबैमा सचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । अस्पतालमा उपचाररत ह्विलचियर प्रयोगकर्ताहरुका लागि वरिपरिका बस्ती र स्थानहरु अवलोकन गर्न सहज बनाउने उद्देश्यले भैँसेपाटीको अस्पताल प्राङ्गणदेखि माथिको वासुकी डाँडासम्म ह्विलचियर गुडाउने बाटो निर्माण भइरहेको बताउँदै उहाँले सो कार्यमा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले संयोजन गरिरहेको जानकारी दिनुभयो । “अरूले डो¥याएर नभई आफैँले ह्विलचियर चलाएर माथि रहेको वासुकी मन्दिरको दर्शन गर्ने र वरिपरिको दृश्यावलोकन गर्न सकिने आधार बनाउँदैछौँ”, उहाँले भन्नुभयो, “जसले स्पाइनल इञ्जरी भएकाहरुका लागि उत्प्रेरणाको काम हुनेछ ।”

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा २० वर्षअगाडि स्थापना भएको अस्पतालमा गम्भीर स्पाइनलकट इञ्जरी भएका तीन हजार तीन सयभन्दा बढीले सेवा लिइसकेको केन्द्रले जनाएको छ । ५१ शय्याको अस्पतालमा अहिले ६५ जनाको उपचार भइरहेको अस्पतालका फिजिकल मेडिसिन एन्ड रिहाबिलिटेशन विशेषज्ञ एवं मेडिकल डाइरेक्टर डा. राजु ढकालले बताउनुभयो । अहिले सो अस्पताललाई एक सय शय्या पुर्‍याउनका लागि सबै प्रक्रिया अगाडि बढिसकेकाले भएको भवनहरु प्रबलीकरण गर्ने काम सम्पन्न भएपछि सेवा सञ्चालन हुने उहाँले बताउनुभयो । अस्पतालले स्पाइनलकट इञ्जरी भएका व्यक्तिलाई उपचार सेवा प्रदान गर्दै आएको छ । कार्यक्रममा स्पाइनल इञ्जरी भएका रामबहादुर तामाङ, अर्जुन दोङ लगायतले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com