ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस र युक्रेनबीच वार्ताको तयारी भइरहेको दाबी


एबीसी / संवाददाता

मस्को, १६ फागुन । आपसमा युद्ध गरिरहेका रुस र युक्रेनका बीचमा शान्ति वार्ता गराउने तयारी भइरहेको दाबी गरिएको छ । बेलारुसले सोमबार वार्ता गर्ने तयारी भइरहेको त्यसका लागि सवै तयारी पुरा भइसकेको पनि जानकारी दिएको छ । अधिकारीहरुले वार्ता आइतबार नै गराउने प्रयास भएको भएपनि तयारी पुरा नभएको र पर्याप्त वातावरण नबनेकाले वार्ता हुन नसकेको उल्लेख गरेका छन् ।

रुसले युक्रेनमाथी आक्रमण गरेको पाँचौ दिनमा वार्ता हुन लागेको र त्यसका लागि दुवै तर्फका प्रतिनिधिहरु आउदै गरेको बेलारुसको भनाई छ । यसअघि वार्ताका लागि तयार नभएको युक्रेनले अहिले भने प्रतिनिधि पठाउन तयार भएको छ । दुवै देशको छिमेकी बेलारुसमा वार्ता हुन लागेको हो । रुसले वार्ताका लागि राखेको पहिलो प्रस्तावलाई युक्रेनले अस्विकार गरेपछि रुसले आक्रमण अझ बढाएको थियो ।“रुस र युक्रेनका बीचमा वार्ता गराउन सवै तयारी पुरा भएको छ, हामी दुवै देशका प्रतिनिधिहरुको प्रतिक्षामा छौँ, आशा छ उहाँहरु आउनु हुनेछ र वार्ता पनि सकारात्मक हुनेछ,” बेला रुसको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा लेखेको छ । वार्ताका लागि तयार पारिएको ठाउँमा राखिएको लामो टेवल र केही कुर्सी सहितको फोटो पनि मन्त्रालयले सार्वजनिक गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने वार्ताले सकारात्मक नतिजा दिनेमा आफूलाई विश्वास नभएको बताउनु भएको छ । उहाँले विश्वास नभएपनि वार्ताका लागि टोली भने पठाएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com