ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनमा रूसी आक्रामणको निन्दा गर्ने प्रस्ताब विफल


एबीसी / संवाददाता
फाल्गुन १४, २०७८ शनिबार  ३ : २० बजे

संयुक्त राष्ट्रसंघ, १४ फागुन । युक्रेनविरुद्ध रूसको ‘आक्रामण’ लाई ‘अत्यन्तै कडा शब्दमा’ विरोध गर्दै रूसीे फौज तुरुन्त फिर्ता लिन माग गरिएको सङ्कल्प प्रस्ताब संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकबाट पारित हुन सकेन । शुक्रबारको रूसको आक्रमणको विरोध गरिएको उक्त प्रस्तावलाई रूसले भिटो लगाएका कारण विफल भएको हो ।

रुसी आक्रमणको गम्भीर निन्दा गरिएको संकल्प प्रस्तावको पक्षमा सुरक्षा परिषदका १५ मध्ये ११ देशले मतदान गरेका थिए । प्रस्ताव पारित हुनका लागि ९ देशको मत परेको भए हुनेथियो । तर रुसले भिटो प्रयोग गरेर प्रस्ताव विफल पारेको हो ।
रुससहित अमेरिका, बेलायत, फ्रान्स र चीन सुरक्षा परिषदका स्थायी सदस्य हुन् र उनीहरुमाथि भिटो शक्ति छ । रुसले आफ्नो निन्दा गरिएको प्रस्ताव विफल पार्नका लागि भिटो प्रयोग गरेको हो । प्रस्तावमाथि मतदान हुँदा भारत, चीन र युएई अनुपस्थित रहेका हुन् । संयुक्त राज्य अमेरिका र अल्बेनियाद्वारा सह-लेखन गरिएको यस प्रस्तावमा परिषद्का १५ सदस्यमध्ये ११ जनाले मतदान गरेका थिए भने चीन, भारत र संयुक्त अरब इमिरेट्सले सहभागिता जनाएनन् । परिषद्को स्थायी सदस्यको रूपमा मस्कोको भिटो शक्तिको कारण यो प्रस्तावना असफल हुने निश्चित प्रायः थियो । तथापि, यस बहसले सदस्य राष्ट्रहरूलाई रूसको छिमेकीविरुद्ध पूर्ण आक्रमणको प्रक्षेपण गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको निर्णयको निन्दा गर्ने अवसर दिएको छ ।

मतदानपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धले कसैलाई भलो नगर्ने जिकिर गर्दै भन्नुभयो, “सैनिकहरू आफ्नो ब्यारेकमा फर्कनुपर्छ र नेताहरु वार्ता र शान्तिको बाटोमा लाग्नु पर्छ ।” संयुक्त राष्ट्रसंघको मतदानपछि राष्ट्रसंघका लागि अमेरिकी राजदूतल लिन्डा थोमस-ग्रीनफिल्डले भन्नुभयो, “म एउटा कुरा स्पष्ट पार्न चाहन्छु । रुसले प्रस्तावलाई भिटो गर्न सक्नुहुन्छ, तर उसले हाम्रो आवाजलाई भिटो गर्न सक्दैन । सत्यलाई भिटो प्रयोग गर्न सक्दैन । उसले हाम्रो सिद्धान्तलाई भिटो गर्न सक्छ तर युक्रेनी जनतालाई भिटो गर्न सक्दैन ।” प्रस्तावनामा बढी समर्थन जुटाउन मतदान हुनुभन्दा केही घण्टाअघि सुरक्षा परिषद्सामु राखिएको प्रस्तावना खाकामा रहेका शब्दलाई मतदान हुनुभन्दा केही घण्टा पहिले नरम बनाइएको थियो । जस्तै : प्रस्तावनामा रहेको ‘निन्दा’ शब्दको ठाउँमा ‘गम्भीर असहमति’ गरिएको थियो र सदस्यहरूलाई शान्ति पुनः स्थापना गर्न सैन्य कारबाही गर्न अनुमति दिन्छ भन्ने संयुक्त राष्ट्रसंघको बडापत्रको अध्याय ७ को सन्दर्भलाई हटाइएको थियो । उक्त प्रस्तावनाले युक्रेनको सार्वभौमिकतालाई पुनः पुष्टि गर्‍याे र रूसलाई ‘तुरुन्तै युक्रेन विरुद्ध बलको प्रयोग बन्द गर्न’ आह्वान गर्‍याे । अन्ततः ७० भन्दा बढी देशहरूले यस प्रस्तावनाको सह-प्रायोजन गरे ।

संयुक्त राष्ट्रसंघका लागि बेलाइतका राजदूत बार्बरा वुडवर्डले भन्नुभयो, “गल्ती नगर्नुहोस्, रूस एक्लो छ । युक्रेनको आक्रमणलाई कसैको समर्थन छैन ।” रूसको आक्रमणलाई ‘उत्तेजक र हठी’ भनी वर्णन गर्दै हामीलाई यस पहिले नै जानकारी भएझै यसले अन्तरराष्ट्रिय प्रणालीलाई खतरामा पार्ने थोमस-ग्रिनफिल्डले बताउनुभएको थियो । संयुक्त राष्ट्रसंघका लागी रूसी राजदूत भासिली नेबेन्जियाले उक्त प्रस्तावनालाई ‘रूसी र युक्रेनी विरोधी’ भनेर विरोध जनाउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई आक्रमण को सङ्ख्याको आधारमा अमेरिकासँग प्रतिस्पर्धा गर्न कठिन छ । तपाईंले नैतिकता कायम गर्न सक्नुहुन्न ।” युक्रेनी राजदूत सर्गिय किस्लित्स्याले सदस्यहरूलाई ‘शान्तिको लागि प्रार्थना गर्न’ आग्रह गर्दै केही समय हान्त बनेको सुरक्षा परिषद्को बैठक कक्षमा उभिनुभएको थियो । उहाँले नबेन्जियालाई पनि ‘मुक्तिको निम्ति प्रार्थना’ गर्न आग्रह गर्नुभएको थियो ।
किस्लित्स्याले “रूस नाजी शैलीको कार्यलाई निरन्तरता दिन उत्सुक रहेको आरोप लगाउँदा सहभागी सदस्यहरूले व्यापक रूपमा ताली बजाएका थिए । आफ्नो देशको अपनत्व माथिको व्याख्या गर्दै चिनियाँ राजदूत झाङ जुनले नाटो विस्तारबारे उल्लेख गर्दै भन्नुभयो, “रूसको वैधानिक सुरक्षा आकांक्षालाई ध्यान दिएर उचित सम्बोधन गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

कांग्रेसको आन्तरिक एकता सुदृढ हुँदै: ‘अबकी बार गगन सरकार’ नारा विदेशमा गुञ्जियो !

सम्बन्धित

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com