ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा बढ्यो, अन्तिम उपाय खोज्दैछौँ : प्रचण्ड


एबीसी / संवाददाता

काठमाडौं, १४ फागुन । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धन टुट्न नदिन आफूहरु गम्भिरताका साथ लागि परेको बताउनु भएको छ । अध्यक्ष दाहालले एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने खतरामा रहेको निष्कर्ष निकाल्दै त्यसलाई जोगाउने र एमसीसी समस्या समाधानका लागि आफूहरुले विभिन्न उपायहरुको खोजी गम्भितारपूर्वक गरिरहेको बताउनु भएको हो । सहीद दिलबहादुर रम्तेलको स्मृति दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति कमस खाएर बनेको सत्तारुढ गठबन्धन टुटाएर कुनै पनि खालको प्रतिगमनकारी गठबन्धन हावी हुने अवस्था नआओस् भनेर आफूहरुले सक्दो प्रयास गरिरहेको पनि बताउनुभयो । एमसीसी परियोजना यथास्थितिमा पारित हुन नदिने विषयमा आफूहरुले सुरुदेखिनै प्रष्ट धारणा राख्दै आएको भन्दै अध्यक्ष दाहालले त्यसैलाई उपयोग गरेर प्रतिगमनकारी शक्तिहरुले सत्तारुढ गठबन्धन टुटाउने प्रयास गरिरहेको दावी गर्नु भयो

। अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र सबै उत्पीडित वर्ग, समूदायको अधिकार खोस्ने षडयन्त्र भईरहेको उल्लेख गर्दै फेरी एउटा जनयुद्ध लडनुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘फेरी एउटा जनयुद्ध लड्नैपर्ने भयो । संविधान, गणतन्त्र र सबै उत्पीडित वर्ग, जातिले पाएका अधिकारहरु खोज्ने षडयन्त्र भईराखेको छ भनेर नै अपिल ग¥यौं र लाखौं जनता सडकमा आएपछि एउटा खालको सफलता फेरी हामीलाई प्राप्त भयो । र, अहिले हामी एउटा एउटा गठबन्धनको रुपमा र नयाँ नयाँ सरकारको रुपमा फेरी एकचोटी साझा न्यूनतम कार्यक्रम बनाएर उत्पीडित वर्ग, जाति, क्षेत्र समूदायका जनताको हक, अधिकारीर्ला अझ व्यवस्थित गर्ने प्रयास गर्दैछौं । तर गर्दागर्दै पनि अहिले फेरी एमसीसी भन्ने एउटा परियोजनाले कतैं यो लामो संघर्ष र धेरै ठूलो मेहनतपछि जनताको विभिन्न तह, तप्का, सबै क्षेत्रका बुद्धिजीविहरु मानव अधिकारदेखि नागरिक आन्दोलनका अगुवाहरुसम्म राजनीतिक दलहरुको र मुख्यतः माओवादी केन्द्रको अगुवाईमा भएको देशव्यापी अभियानबाट जे प्राप्त भएको थियो । कहीँ एमसीसीकै कारणले यो गुम्ने त होईन भन्ने जस्तो स्थिति आजको दिनमा देखा परेको छ । जसलाई हामीले प्रतिगमनकारी भन्यांै, जुन कदमलाई हामीले प्रतिगमनकारी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त भएका उपलब्धिहरुलाई उल्ट्याउने षडयन्त्रको रुपमा जसको हामीले भण्डाफोर ग¥यौं । र, जसको विरुद्धको संघर्षबाट एउटा नयाँ गठबन्धनको जन्म भयो । हामीले गठबन्धन बनाउँदा भनेका थियांै–यो संविधानको रक्षा गर्न, लोकतन्त्रको रक्षा गर्न र राष्ट्रियताको रक्षा गर्नका निम्ति हाम्रो यो गठबन्धन हो ।

जनताको बीचमा भनेको पनि, राजनीतिक दलहरुको बीचमा भएको सहमती पनि त्यही थियो । त्यहाँ कहिँकतै एमसीसी भन्ने कुरा त थिएन । त्यसैगरी हामीले गठबन्धन सरकार बनिसकेपछि साझा न्यूनतम कार्यक्रममा पनि हामीले कहिँकतै एमसीसीको बारेमा चर्चा गरेका थिएनौं । त्यो एउटा यस्तो परियोजना, त्यो बारेमा विवाद, बहस छ । यथास्थितिमा विना संशोधन, विना परिमार्जन, समर्थन गर्न सकिदैन भन्ने धारणा हामीले प्रष्टसँग राख्दै आएको थियौं । तर आजको दिनमा यो यस्तो खालको विषय बन्न गएको छ कि कहीँ यसैको कारणले गठबन्धननै टुट्ने, फेरी प्रतिगमनकारी शक्ति हावी हुने त होइन ? भन्ने स्थिति बनेको छ । र, यसलाई रोक्नुपर्ने कुनै खालको प्रतिगमनकारी गठबन्धन फेरी अगाडि नआओस् र संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको कसम खाएर बनेको गठबन्धन सजिलै नटुटोस भनेर अहिले हामी लागि राखेका छौं । हामीले कहिँन कहीँ यो गठबन्धन बचाऔं । एमसीसीको पनि समस्या समाधान होस्, गठबन्धन पनि नटुटोस भन्ने कुनै त्यस्तो उपाय छ त ? भनेर छलफल भईराख्या छ । त्यसकारण मैले अहिले धेरै यहाँ ब्याख्या विश्लेषण गर्ने भन्दा पनि हामीले ठूलो आन्दोलनबाट प्राप्त गरेको यो पछिल्लो संविधानको रक्षा, गणतन्त्रको रक्षा र संघीयताको रक्षा अथवा हाम्रा अधिकारहरुको रक्षाको बारेमा कहिँकतै दूर्घटना हुन नपाओस् भन्नको निम्ति असाध्यै गम्भिरताका साथ हामी लागिराख्या छौं ।’

अध्यक्ष दाहालले अहिले पनि आफ्नो पार्टीले संविधान, लोकतन्त्र, संघीयता र उत्पीडित जनताको अधिकारको रक्षाका लागि रक्तपातहीन युद्ध जारी राखेको बताउनु भयो । उहाँले उत्पीडित वर्ग, समुदायको हितको रक्षा गर्न राज्य सक्षम नभएसम्म शान्तिपूर्ण संघर्षका कार्यक्रमहरुलाई निरन्तरता दिने पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com