ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास आयोजनाको अनुगमन


एबीसी / संवाददाता

भक्तपुर, १४ फागुन । सूर्यविनायक नगरपालिका वडा नं. ८, ९ र १० मा भएका विकास र निर्माणका कामको जनप्रतिनिधि र संचारकर्मीले अनुगमन गरेका छन् । राष्ट्रिय सञ्चार केन्द्रको आयोजना एवं नगरपालिकाको समन्वयमा स्थानीय जनप्रतिनिधि र उपत्यकाका ३० पत्रकारले यहीँ फागुन ७ गतेदेखि सञ्चालमा आएको सूर्यविनायक नगर अस्पताल, वडा कार्यालय भवन, सडक, त्रिवेणी पुल, खानेपानी, डोलेश्वर मन्दिरलगायत क्षेत्र विकासका आयोजनाको स्थितिबारे अनुगमन गरेका हुन् ।

अनुगमनमा नगरपालिकाका उपप्रमुख जुना बस्नेतले नगरपालिकामा राष्ट्रिय प्राणी उद्यान, चित्तपोलमा झोलुङ्गे पुल, नगरभित्रको शिब सर्किट, हनुमन्ते करिडोर निर्माणलगायत सडक एवं पुल निर्माण सम्पन्न भएको सञ्चारकर्मीलाई जानकारी दिनु भयो ।
वडा नं. ८ का अध्यक्ष किरण थापाले जगातीमा सञ्चालनमा आएका ३७ शय्याको सूर्यविनायक नगर अस्पताल निर्माणमा रु. ८ करोड ५० लाखको लागमा निमार्ण गरिएको र अस्पतालको आइसीयुमा चार, एचडीयुमा १०, साधारणमा १३ र आकस्मिक कक्षमा १० सहित कूल ३७ शय्या सञ्चालनमा ल्याइएको जानकारी दिनु भयो । एक्सरे, साधारण शल्य चिकित्सा, औषधि पसल, ओपीडी सेवा, स्वास्थ्य बीमाअन्र्तगतका सेवा अस्पतालले सञ्चालन गरेको छ । सोही वडाको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेब मन्दिर निर्माणका लागि रु. ५५ करोड लाग्ने अनुमान गरिएकामा हालसम्म रु. १२ करोडको लगानीमा मन्दिर निर्माण, तामाको छानो राख्ने, गणेश, हनुमान मन्दिर चौबन्दी सत्तल, ६४ लिङ्ग, ढुङ्गे धारा, पितृ कार्य गर्ने भवनलगायत संरचना निर्माण गरिएको जानकारी दिँदै उहाँले नगरपालिकाको रु. २० लाखको लागतमा मन्दिरको मुख्यद्धार निर्माण गरिएको बताउनुभयोे ।

त्यस्तै करिब रु. एक करोडको लागतमा निर्माण गरिएको सिपाडोल खानेपानी आयोजनाबाट ८०० घरधुरी लाभान्वित भएको उहाँको भानाइ थियो । यसैगरी रु दुई करोडको लागतमा सिपाडोलकै शान्ति निकेतन माविको भवन निर्माण गरिएको बताइएको थियो । यसैगरी वडा नं. १० को वडा कार्यालय रु. एक करोड ६८ लाखको लागतमा परम्परागत शैली एवं आकर्षक स्वरुपमा निर्माण गरिएको र यही फागुन २१ गते भवन उद्घाटन गरेर सञ्चालनमा ल्याइने त्यहाँका वडाध्यक्ष शिवराम राउतले जानकारीदिनु भयो । राष्ट्रिय संचार केन्द्रका अध्यक्ष पेशल आचार्यले स्थानीय सरकारको कार्यकाल सकिन लाग्दा संचारकर्मीले स्थानीय सरकारका विकासको अबस्थाबारे अनुगमनबाट जानकारी लिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक, सहमति कार्यान्वयन हुनुपर्ने माओवादीको अडान

बागमती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो

किसानलाई बाख्रा र धानको बीउ

रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज, उपत्यकामा सार्वजनिक बिदा

कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण

बिहे नगरी ‘बिए’ उत्तीर्ण गर्ने किशोरीलाई प्रोत्साहन स्वरुप एक लाख

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com